प्याजमा कालोबजारी सुरु
बुधबार, ३१ भदौ २०७७, ०६ : ३३
काठमाडौँ – भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दोस्रो दिनमै व्यापारीले प्याजमा कालोबजारी सुरु गरेका छन् ।
सोमबारसम्म निरन्तर भारतबाट आइरहेको प्याज मंगलबार एक दिन मात्र नआउँदा व्यापारीले प्याजमा उपभोक्ताबाट मनपरी मूल्य लिई कालोबजारी गर्न थालेका छन् ।
सोमबार मात्र खुद्रा बजारमा प्रतिकेजी ५० देखि ६० रुपैयाँमा सहज रुपमा पाइने प्याज रातारात मूल्य बढाएर प्रतिकेजी ९० देखि १ सय रुपैयाँ लिन थालेका छन् ।
उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारसँग बजारमा आलु, प्याजलगायतका बस्तुको भण्डारण नहुँदा व्यापारीले फाइदा लिएको बताए । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण