दीपिका पादुकोणको ‘डिप्रेशन’ को विषयमा बोले रणवीर सिंह, कस्तो थियो उनको हालत ?
एजेन्सी – नेशनल जियोग्राफीको शो ‘मेगा आइकन’ को नयाँ सिजनको पहिलो एपिसोड दीपिका पादुकोणमा आधारित छ । यसको टीजर सार्वजनिक भएको छ जसमा दीपिका पादुकोण आफ्नो जीवनको यात्राको बारेमा बताइरहेकी छिन् ।
दीपिका पादुकोणले यस भिडियामा उनले डिप्रेशनको समयमा कसरी तनाव कम गरिन् भन्ने विषयमा बोलेकी छिन् । उनको विषयमा उनका पति रणवीर सिंह र फिल्म निर्माता इम्तियाज अलीले पनि बोलेका छन् ।
दीपिका पादुकोणले सन् २०१२ मा इम्तियाज अलीको ‘ककटेल’ बाट आफूमा निकै ठूलो परिवर्तन आएको बताएकी छिन् । उनले आफू पहिले क्यामेराको अगाडि लजाउने र क्यामरामा खुल्न ‘ककटेल’ बाट सिकेको बताएकी छिन् ।
उक्त टीजरमा रणवीर सिंह पनि रहेका छन् । उनले भनेका छन्, ‘उनी निकै भावनात्मक उथल पुथलबाट गुज्रिरहेकी थिइन् । सायद उनलाई यो कुराको अवगत थिएन होला तर उनी आफ्नो परफरमेन्स दिइरहिन् ।’
दीपिकाको विषयमा इम्तियाज अलीले भनेका छन्, ‘दीपिका आफू निकै बलियो भएको देखाउन चाहान्थिन् । उनी जे कुरा भित्र थियो बाहिर निकाल्न चाहान्थिन् ।’
दीपिका पादुकोण र रणवीर सिंहले सात वर्षसम्म एक अर्कासँग प्रेमसम्बन्धमा रहेर विवाह गरेका थिए । रणवीर सिंहले दीपिकाको तनाव कम गर्न निके सहयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण