कीर्तिपुरबाट नेविसंघका ३ जना कार्यकर्ता गिरफ्तार
मङ्गलबार, ०६ असोज २०७७, ११ : ३८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट प्रहरीले नेविसंघका ३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघ विश्वविद्यालय समितीका सचिव योगेन्द्र रावल, दिपक ओझा र रुपेश शाह छन् ।
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीलाई प्रवेशमा रोक लगाएर आन्दोलन गर्दै आएको छ । मंगलबार त्रिविअगाडी प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्यले रातोपाटीलाई बताए ।
गिरफ्तार गरिएकाहरुलाई तत्काल रिहाइ गर्न नेविसंघले माग गरेको छ । त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख नियुक्त गर्दा मनोमानी गरेको र अनलाइन कक्षा प्रभावकारी बनाउन नसकेको लगायत असन्तुष्टि राखेर नेविसंले त्रिविमा आन्दोलन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’