विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर कामदारको ज्यान गयो

ओखलढुगा । ओखलढुंगामा विद्युत लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ जिल्लाको सिद्धिचरण नगरपालिका १२ भँडारे सिमलडाँडामा विद्युत लाईन मर्मत गर्ने क्रममा करेन्ट मोलुङ गाउँपालिका १ कुन्तादेवीका २८ वर्षीय परनेश खत्रीको ज्यान गएको हो । उनी मोलुङ खोला हाईड्रो पावरमा सुपरभाईजरका रुपमा काम गर्दै आएका थिए ।
बुधबार बिहान करिब १०ः४५ बजेको समयमा बिद्युत लाईन कट गरेर बिद्युतको पोलमा चढेका उनको पोलमै झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा खत्रीको विद्युतको पोलमै ज्यान गएको पाइएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जनाकारी दिए ।
विद्युत मर्मतका लागी पोलमा चढेर जम्पर छुट्टाउने क्रममा करेन्ट सर्ट भई उनलाई लागेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक खत्रीको शव पोलमै झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीले ८६०औँ गोल गरेको खेलमा मिनेसोटासँग हार्यो इन्टर मियामी
-
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
-
आम जनता पार्टीले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
-
बुद्ध जयन्तीका लागि सिँगारिँदै स्वयम्भूनाथ (तस्बिरहरू)
-
ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध
-
एआईले खोस्नै नसक्ने मानिसको क्षमता के हो ?