बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध

आइतबार, २८ वैशाख २०८२, ०८ : २२
आइतबार, २८ वैशाख २०८२

चितवन । नारायणघाट-मुग्लिन सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ । आज बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ट्रक पल्टिएर बाटो अवरुद्ध भएको हो । 

कोइला लोड गरेको सो ट्रक आफैँ अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ । अवरोध खुलाएर बाटो सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । तस्बिर : शिव न्यौपाने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप