ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध
आइतबार, २८ वैशाख २०८२, ०८ : २२
चितवन । नारायणघाट-मुग्लिन सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ । आज बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ट्रक पल्टिएर बाटो अवरुद्ध भएको हो ।
कोइला लोड गरेको सो ट्रक आफैँ अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ । अवरोध खुलाएर बाटो सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । तस्बिर : शिव न्यौपाने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण