आम जनता पार्टीले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
काठमाडौँ । आम जनता पार्टीले दलाल दलतन्त्रविरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कोटेश्वर स्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको सचिवालय बैठकले दलीय गणतन्त्रको भण्डाफोर गर्दै जनताको जन गणतन्त्र स्थापना गर्न देशव्यापी कमाण्ड तोकेको छ ।
वर्तमान गणतन्त्र जनताको लागि नभई दलका नेता र तिनका आसेपासे झोलेहरूको लागि रहेको टिप्पणी गर्दै पार्टीले गणतन्त्र दिवसको सन्दर्भ पारेर 'दलीय गणतन्त्रको भण्डाफोर गरौँ! जन गणतन्त्रको दिशामा अघि बढौँ !!' भन्ने मूल नाराका साथ दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्न लागेको विषय आजपाका प्रवक्ता चन्द्र भूषण साहले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भण्डाफोर अभियान सञ्चालनका लागि सङ्घीय राजधानी काठमाडौँमा प्रभु साह, कोशी प्रदेशमा तिलक थापा मगर, मधेस प्रदेशमा चन्द्रभुषण साह, लुम्बिनी प्रदेशमा त्रिभुवन साह, गण्डकी प्रदेशमा ज्ञानेन्द्र कुमार तामाङ र सुदूरपश्चिम प्रदेशमा समिना हुसैनको नेतृत्वमा कमाण्ड तोकिएको छ ।
'पार्टीको केही महत्त्वपूर्ण विभागहरुलाई थप व्यवस्थित एवं फलदायी बनाउन सङ्गठन विभाग प्रमुखमा त्रिभुवन साह, आर्थिक विभाग प्रमुखमा रञ्जु साह र शिक्षक विभागमा रवीन्द्र प्रसाद सिंहलाई जिम्मेवारी तोकिएको छ ।' आजपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैठकले आन्दोलन र पार्टी सङ्गठनलाई जनस्तरमा पुर्याउन सङ्गठन निर्माण र सदस्यता वितरण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ भने कार्य सम्पादन मूल्याङ्कनको आधारमा लुम्बिनी प्रदेशबाट डा उषमान अलि, शम्भु जयसवाल, भगत र विद्या शर्मालाई पार्टीको सचिवालय सदस्यमा मनोनीत समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण