मेस्सीले ८६०औँ गोल गरेको खेलमा मिनेसोटासँग हार्यो इन्टर मियामी
काठमाडौँ । अमेरिकी व्यवसायीक लिग फुटबल मेजर लिग सकर (एमएलएस) को आफ्नो पछिल्लो खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध इन्टर मियामी पराजित भएको छ । हारसँगै इन्टर मियामीले तालिकाको तेस्रो स्थानमा उक्लने अवसर पनि गुमाएको छ ।
आइतबार बिहान सम्पन्न खेलमा मिनेसोटाले इन्टर मियामीलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो । प्रारम्भदेखि नै इन्टर मियामी दबाबमा देखिएको थियो । मिनेसोटाले घरेलु मैदानमा खेलिएको उक्त खेलको पहिलो हाफमै २–० गोलको अग्रता लिएको थियो ।
खेल सुरु भएको ३२औँ मिनेटमै मिनेसोटाका लागि बोङ्गोकुहलले पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मिनेसोटाका लागि एन्थोनी मार्कानिचले दोस्रो गोल थपे ।
निर्धारित समयको ६६औँ मिनेटमा इन्टर मियामीका मार्सेलो वेइगान्ड्टबाट आत्मघाति गोल भएको थियो । खेलको ७०औँ मिनेटमा रोविन लोडले मिनेसोटाका लागि चौथो गोल थपेका थिए ।
इन्टर मियामीका लागि भने एकमात्र गोल निर्धारित समयको ४८औँ मिनेटमा अर्जेन्टिनी स्टार मेस्सीले गरेका थिए । उनले जोर्डी अल्बाको पासमा गोल गरेका थिए । ३७ वर्षीय मेस्सीले आफ्नो सक्रिय खेलजीवनमा गरेको यो आठ सय ६०औँ गोल हो ।
सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो मेस्सीभन्दा अगाडि छन् । रोनाल्डोले आफ्नो खेलजीवनमा कुल नौ सय ३४ गोल गरेका छन् । तर, मेस्सीले रोनाल्डोभन्दा कम खेलमा आठ सय ६० गोल पूरा गरेका हुन् ।
अर्जेन्टिनालाई विश्वकप जिताउने टोलीका कप्तान मेस्सीले अब थप दुई गोल गरेमा उनी ब्राजिलका महान खेलाडी पेलेभन्दा एक सय गोलले अगाडि बढ्ने छन् । पेलेले आफ्नो सक्रिय खेलजीवनमा कुल सात सय ६२ गोल गरेका छन् ।
जारी सिजनको लिगमा हालसम्म ११ खेल खेलेको इन्टर मियामी २१ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । इन्टर मियामीले हालसम्म ६ जित, तीन बराबरी र दुई हारको नतिजा निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण