लुम्बिनी प्रदेशिक अस्पतालका मेसुलाई पनि कोरोना संक्रमण
बुटवल । कोरोना संक्रमणको बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरुलाई एकपछि अर्को कोरोना संक्रमण हुने क्रम जारी छ । सोही क्रममा आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र खनाललाई कोरोना पोजेटिभ पुष्टि भएको छ । आजै गुल्मी जिल्ला अस्पतालका सुपरिटेण्डन डा.उत्तम पाच्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीवार आफुलाई कारोना संक्रमणको रिपोर्ट पोजिटिभ आएको र आफु होम आईसोलेशनमा रहेको डा.पाच्याले बताएका थिए ।
आज दिउँसो लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालले सामाजिक सञ्जाल फेसबुकमा आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिँदै आफुसँग सम्पर्कमा रहेकाहरुलाई शुरक्षित स्थानमा बस्न र लक्षण देखिए अस्पातालको फिवर क्लिनिकमा आएर पिसिआर जाँच गर्न आग्रह गरेका छन् ।
उनले अस्पतालमा आमनागरिकको स्वास्थ्य सेवामा खट्दै गर्दा कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै आफु छिट्टै निको भएर पुन सेवामा फर्किने बताएका छन् । लुम्बिनी प्रदेशिक अस्पतालमा हालसम्म २५ जना भन्दा बढी कोरोना संक्रमित भएका छन् । पछिल्लोपटक डा.खनाललाई संक्रमण भएको हो । अन्य संक्रमित भने उपचारपछि काममा फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार