आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ हजार ४७४ पुग्यो

शनिबार, १७ असोज २०७७, ०९ : १२
शनिबार, १७ असोज २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ हजार ४७४ पुगेको छ । 

शुक्रबार विभिन्न अस्पतालबाट ३४ र अपडेट नगरिएका २३७ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या ६ हजार ४७४ पुगेको हो । 

यसअघि नै अछाम  ९६९, बैतडी ३८९,बझाङ्ग ४३७, बाजुरा ४५१,डडेल्धुरा ३२४, दार्चुला ७१,डोटी ९६६, कैलाली २११२ र कंचनपुर बाट ७५५ जना कोरोना संक्रमित निको भएर घर गईसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले  रातोपाटीलाई जानकारी दिए । 

यसैगरी बितेको २४ घण्टामा बिभिन्न अस्पतालबाट थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । 

कैलालीका ९१, कंचनपुरका ५, बैतडीका २, डोटीका ४, अछामका २, दार्चुलाका १६ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

सक्रिय संक्रमितमध्ये अछाम १०८,बैतडी ३०, बझाङ्ग ११०, डडेल्धुरा १२, दार्चुला २६, डोटी १३६, कैलाली ५१७, कंचनपुर ६४ जना रहेको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।

बिभिन्न अस्पतालहरुमा ९७ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । 
कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा २४,टिकापुर ३४, महाकाली २५, अछाम १०, डोटी २, डडेल्धुरा अस्पतालमा २ जनाको उपचार भईरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन् । 

प्रदेशका ९ वटै जिल्लामा ९४ आइृसोलेसन सेन्टरमा १ हजार ९२१ बेडहरु छन । सो बेडमा २ सय ७३ पुरुष र १ सय १२ म्हिला र होम आईसोलेसनमा ३ सय २ जना रहेका छन भने ३ जनाको आईसियुमा उपचार भईरहेको  स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिह काक्री को भनाई छ । ८५ हजार १५७ नमुना जाच मध्य ७ हजार ४९५जनामा संक्रमण फेला परेको छ भने   भने ७७ हजार ६६२ नमुना भने नेगेटिभ आएको छ ।

अझै १ हजार २८५ नमुनाको रिजल्ट आउन बाकी रहेको र मृत्यु हुने संक्रमितको संख्या पनि १७ पुगेको उनले बताए ।                                                      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप