सुदूरपश्चिममा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ हजार ४७४ पुग्यो
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ हजार ४७४ पुगेको छ ।
शुक्रबार विभिन्न अस्पतालबाट ३४ र अपडेट नगरिएका २३७ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या ६ हजार ४७४ पुगेको हो ।
यसअघि नै अछाम ९६९, बैतडी ३८९,बझाङ्ग ४३७, बाजुरा ४५१,डडेल्धुरा ३२४, दार्चुला ७१,डोटी ९६६, कैलाली २११२ र कंचनपुर बाट ७५५ जना कोरोना संक्रमित निको भएर घर गईसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
यसैगरी बितेको २४ घण्टामा बिभिन्न अस्पतालबाट थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
कैलालीका ९१, कंचनपुरका ५, बैतडीका २, डोटीका ४, अछामका २, दार्चुलाका १६ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
सक्रिय संक्रमितमध्ये अछाम १०८,बैतडी ३०, बझाङ्ग ११०, डडेल्धुरा १२, दार्चुला २६, डोटी १३६, कैलाली ५१७, कंचनपुर ६४ जना रहेको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।
बिभिन्न अस्पतालहरुमा ९७ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।
कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा २४,टिकापुर ३४, महाकाली २५, अछाम १०, डोटी २, डडेल्धुरा अस्पतालमा २ जनाको उपचार भईरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन् ।
प्रदेशका ९ वटै जिल्लामा ९४ आइृसोलेसन सेन्टरमा १ हजार ९२१ बेडहरु छन । सो बेडमा २ सय ७३ पुरुष र १ सय १२ म्हिला र होम आईसोलेसनमा ३ सय २ जना रहेका छन भने ३ जनाको आईसियुमा उपचार भईरहेको स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिह काक्री को भनाई छ । ८५ हजार १५७ नमुना जाच मध्य ७ हजार ४९५जनामा संक्रमण फेला परेको छ भने भने ७७ हजार ६६२ नमुना भने नेगेटिभ आएको छ ।
अझै १ हजार २८५ नमुनाको रिजल्ट आउन बाकी रहेको र मृत्यु हुने संक्रमितको संख्या पनि १७ पुगेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश, यी हुन् चार आधार
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण