सुनसरीमा ट्याक्टरले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु
मङ्गलबार, २० असोज २०७७, १८ : ३४
इनरुवा । सुनसरी धरान उपमहानगरपालिका–१४ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय गोकुल तामाङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
धरानस्थित त्रिवेणी मार्ग भित्री सडकखण्डमा को१त ८८०१ नंको मिनी ट्र्याक्टरले को३०प १२९६ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि सवार तामाङ गम्भीर घाइते भएका थिए । घाईते तमाङलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मिनी ट्र्याक्टर र चालक तुलसी बिक प्रहरीको नियन्त्रणमा रहेको छ भने स्कुटर चालक सुस्मन मैनाली सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण