एकै दिनमा फेरि तातोपानी नाका बन्द
व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ । ध्रव दंगालद्वार लेखिएको समाचारमा नेपाली मजदुरमा कोरोना संक्रमण दखिपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको हो ।
कुनै पनि सामान मंगलबार नाकामा आएनन् । बाढी पहिरोका कारण झण्डै तीन महिना बन्द रहेको नाका सोमबार मात्र सञ्चालनमा आएको थियो ।
कोरोना सक्रमण रोक्ने सर्तमा दुई देशका अधिकारीबीच गएको मंगलबार नाकाबाट व्यापारिक कारोबार सञ्चालनमा ल्याउने सहमति भएको थियो । सामान ढुवानी र लोड अनलोडमा संलग्न मजदुरमा कोरोना संक्रमण देखिपछि चिनियाँ अधिकारीले तत्काल सामग्री पठाउन नसकिने जानकारी दिएको तोतोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।
नाका सञ्चालनका लागि नयाँ मोडालिटीमा छलफल सुरु भएको छ । ‘त्यो मोडालिटी नबनेसम्म केही दिन नाका सञ्चालनमा आउने अवस्था छैन,’ उनले भने ।।
आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण