माथिल्लो तामाकोसीमा एक वर्षमै तीनपटकसम्म म्याद थप
काठमाडौं – दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाबाट कात्तिकमा विद्युत् उत्पादन गर्ने दाबी गरेको भए पनि अहिले आएर फेरि विद्युत् उत्पादन गर्ने समय अनिश्चित भएको हो ।
हाइड्रोमेकानिकलको जिम्मा पाएको भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङ कम्पनीले कलकताबाट सामान ल्याउन ढिलाई गर्दा आयोजना समयमा सम्पन्न हुन नसक्ने भएको छ । दुईवटा भर्टिकल लाइनमा जोइन हुने एक्सपान्सन जोइन, डिस्पोजेबल बक्स, पल्गिङ गेट आउन बाँकी रहेको कारण अप्ठेरो परिरहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । कोरोना भाइरसको प्रभावका कारण उताबाट सामान आउन सकेको छैन । उनले भने, ‘त्यसका लागि हामीले हाम्रा स्टाफलाई कलकत्तासम्म पठाएर अपडेट लिइरहेको छौं ।’
न्यौपानेले भने, ‘अक्टोबरको अन्त्यसम्ममा हाम्रो सबै सामान नेपालमा आइपुग्यो भने डिसेम्बरसम्म हामी इरेक्सनमा जान्छांै, जनवरी फेब्रुअरीमा टेस्टिङमा र मार्चसम्म जेनेरेसनमा जान सक्ने देखिन्छ तर नेपालमा सामान आई नपुुग्दासम्म केही भन्न सक्ने अवस्था छैन ।’ अहिले तल्लो भर्टिकल साप्टमा बेन्ड पाइप, बाइफरकेसन पाइपमा जडानको काम अन्तिम चरणमा पुगेको छ ।कोभिडको कारणले अक्टोबरसम्म इन्टरनेस्नल फ्ल्याट बन्द भएको कारण हाम्रो कम्प्याक्टरका एक्सपर्ट, हाम्रा कन्सलट्यान्ट अहिलेसम्म आउन सकेका छैन । यसले समेत आयोजनामा प्रभाव परेको छ । यो समाचार आजको राजधानी दैनिकमा पूजा चँदाराले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण