सामसङ नेपालद्वारा ग्यालेक्सी जेट फोल्ड-२ स्मार्टफोनको प्रि-बुकिङ खुल्ला
काठमाडौं । सामसङ नेपालद्वारा ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोनको प्रि–बुकिङ खुल्ला गरेको छ । ग्यालेक्सी जेट फोल्ड २, सामसङको थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन, जुन मोबाइल अनुभवको दायरा बढाउन बोल्ड र उत्कृष्ट इन्जिनियरिङले सजिएको कम्पनीले जनाएको छ । उक्त थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्र्याइएको हो ।
अविश्वसनीय इन्जिनियरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड २ ले मोबाइल अनुभव पूर्ण रुपमा बदल्छ । यो स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो । अझ ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण छ, जसले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको हो ।
“सामसङ सदैब सिर्जनशीलताको दायरा बढाउन विश्वास गर्दछ । हामीले ग्यालेक्सी जेट फोल्ड २ सँगै ग्राहकहरुलाई अझै नयाँ, सहज तथा उत्कृष्ट अनुभव प्रदान गर्दै भविष्यतर्फ अझ सशक्त एक कदम अगाडि बढेका छौं । हामी हार्डवेयर तथा ग्राहकहरुको अनुभवलाई परिष्कृत गर्दै मोबाइल डिभाइसको सम्भावनाको नयाँ युगको सुरुवात गर्दछौ ।” सामसङ मोबाइल नेपालका बिजिनेश हेड प्रणयरत्न स्थापितले भने ।
“सामसङ ग्यालेक्सी जेट फोल्ड २ नेपालमा पहिलोपल्ट ल्याउन पाउँदा हामी एकदम उत्साहित छौं । हामी सामसङ प्रेमीहरुको व्यग्रतालाई बुझेका छौं । फोल्ड टेक्नोलोजीमा सबैभन्दा एड्भान्स मेकानिज्म भएको सामसङ ग्यालेक्सी जेट फोल्ड २ को लागि उहाँहरुको प्रतिक्षाको घडी अब सकिएको छ” स्थापितले थप स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण