शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाबाट चोरी भएका बुलेटसहित २६ मोटरसाइकल फेला, चोरीमा संलग्न ८ जना पक्राउ

शुक्रबार, २३ असोज २०७७, १३ : ३९
शुक्रबार, २३ असोज २०७७

काठमाडौँ । उपत्यकाबाट चोरी भएका २६ वटा मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको छ । शुक्रवार ट्राफिक महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी ) भिम प्रसाद ढकालले सवारी धनीलाई मोटरसाईकल जिम्मा लगाएका हुन् ।  

प्रहरीले फेला पारेका मध्ये दुईवटा बुलेट मोटरसाइकल छन् । नयाँ बसर्पाकबाट हराएको प्रदेश–३–०२,०१४प ३१८९ र बोडेबाट हराएको को३९प २४३ नम्बरको बुलेट मोटरसाईकल फेला परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

कोभिड–१९ महामारीको बिचमा पनि सादा पोसाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल र स्कुटर खोजीलाई निरन्तरता दिइएको महाशाखाका एसएसपी ढकालले बताए ।  

मोटरसाइकल र स्कुटर चोरीमा संलग्न ८ जनालाई ट्राफिक प्रहरी महाशाखाले पक्रेको छ । ट्राफिक प्रहरीले लकडाउन शुरु भएपछि ९० वटा मोटरसाइकल फेला पारेर सवारी धनिलाई जिम्मा लगाएको छ । 

चालू आर्थिक वर्ष ०७६÷७७ मा महाशाखाले ३ सय २५ वटा हराएका दुईपांग्रे सवारी फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।  

सवारी हराएको थाहा पाउनासाथ हटलाईन नम्बर ‘१०३’ वा अनलाईन सेवा ‘लस्ट भेहिकल एप्लिकेशन’ लगइन गरेर निवेदन दिन सकिन्छ । 

सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप