गजल
किन आयो लुटिनकै लागि जवानी यो!
शनिबार, २४ असोज २०७७, ०९ : ०६
गर्भमा नै तुहाइयो सपना जानीजानी यो!
लेख्न नपाई सकिएको दु:खी कहानी यो!
कोपिला मै चिमोट्छ फक्रिएमा निमोठ्छ,
यति धेरै असुरक्षित भयो राजधानी यो!
पैसा,सुन,हिरा,मोति बिना पनि म लुटिएँ !
किन आयो लुटिनकै लागि जवानी यो!
सके दया गरिदिनोस् यति लाज राखिदिनोस्,
नांगिएर के गरी काटौँ खै जिन्दगानी यो!
न्यायको ढोका लगाइ समाचार लेख्नुहुन्छ,
हजुर कहिलेसम्म चलिरहन्छ बेइमानी यो!
लुट्पाट, बलात्कार, हत्या, बेइज्जत आदि,
कहिले पो टुङ्गिन्छ होला र कुराकानी यो!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण