शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वार्षिक एक लाखसम्म उपचार खर्च दिने तयारी

आइतबार, २५ असोज २०७७, ०६ : ४५
आइतबार, २५ असोज २०७७

काठमाडौँ – सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका ६० वर्षमाथिका योगदानकर्ताका लागि स्वास्थ्य उपचारमा वार्षिक एक लाख रुपियाँसम्म सहायता उपलब्ध गराउने गरी कार्यविधि संशोधनको तयारी गरेको छ । 

कोषले यसअघि करारमा रहेका योगदानकर्तालाई मात्रै स्वास्थ्य उपचारका लागि वार्षिक एक लाख दिने व्यवस्था गरेकोमा नयाँ संशोधनमार्फत ६० वर्ष नाघेका र ७० वर्ष नपुगुन्जेलसम्मलाई यस प्रकारको व्यवस्था गर्न प्रस्ताव गरेको जनाएको छ । योगदानकर्ताले यो सुविधा प्राप्त गर्न कुल दाबी रकमको २० प्रतिशत आफैँले व्यहोर्नुपर्ने प्रस्ताव संशोधनमा गरिएको छ ।

कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले ७० वर्षपछि सरकारको स्वास्थ्य कार्यक्रममा विभिन्न छुटका योजना रहे पनि ६० देखि ७० वर्षसम्म बिरामी हुँदा कतै पनि स्वास्थ्य उपचारमा राहतका योजना नभएकाले कोषको योजनामा आकर्षित गर्न उक्त प्रस्ताव गरिएको जानकारी दिए  ।

उनले भने, ६० वर्षदेखि ७० वर्षको बीचका निवृत्तिभरण पाइरहेका योगदानकर्ता बिरामी भएको अवस्थामा कोषले उपचार खर्च व्यहोर्ने भन्ने व्यवस्था मिलाउने तयारी गरेका छौँ, यसबाट धेरै योगदानकर्तालाई राहत हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप