बढ्दै विद्युतीय फोहोर : नेपालीले उत्सर्जन गर्छन् एकै वर्षमा २४ लाख किलो फोहोर
मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट)को पनि थुप्रो लाग्न थालेको छ । प्रयोगविहीन भएपछि फोहोरका रूपमा रहने यस्ता उपकरणबाट स्वास्थ्य जोखिम पनि उत्तिकै हुने भएकाले विश्वभर नै यो चिन्ताको विषय बनेको छ । खासगरी यस्ता उपकरणको पुनः प्रयोगको नीतिको अभावमा नेपालजस्ता अल्पविकसित मुलुक थप सङ्कटमा पर्नसक्ने एक अध्ययनले जनाएको छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयु)को हालै प्रकाशित ‘ई–वेस्ट एन्ड सर्कुलर इकोनोमी’ नामक प्रतिवेदनले नेपालमा सन् २०१९ मा मात्रै २४ लाख किलोग्राम (२४ किलो टन) अर्थात् प्रतिव्यक्ति नौ सय किलोग्रामभन्दा बढी विद्युतीय फोहोर उत्सर्जन भएको छ ।
नेपालमा विद्युतीय फोहोरको उत्सर्जन बढ्दै गए पनि यसलाई नियन्त्रणका लागि आवश्यक कानुन तथा नीतिको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि दक्षिण एसियाली मुलुकको तुलनामा प्रतिव्यक्ति विद्युतीय फोहोर उत्पादनमा भने नेपालको स्थान तलै छ । नेपालभन्दा तल रहेको अफगानिस्तानमा प्रतिव्यक्ति छ सय ग्राम मात्रै विद्युतीय फोहोर उत्सर्जन भइरहेको छ भने श्रीलङ्कामा सबैभन्दा धेरै छ किलो चार सय ग्राम उत्सर्जन भइरहेको छ ।
नेपालकै तथ्याङ्क हेर्ने हो भने चालू आर्थिक वर्ष २०७७÷७८ को दुई महिनासम्म सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा मोबाइल सबैभन्दा अगाडि छ । साउन र भदौमा मात्रै गरेर नेपालले करिब आठ अर्ब रुपियाँका नौ लाख ९५ हजार थान मोबाइल आयात गरेको छ । त्यस्तै दुई महिनामा मात्रै ९३ करोड रुपियाँका १७ हजार ल्यापटप आयात भएको भन्सार विभागको तथ्यांक छ ।
प्रतिवेदनअनुसार विश्वव्यापी विद्युतीय फोहोरको अवस्था झन् सङ्कटोन्मुख छ । सन् २०१९ मा मात्रै विश्वभर पाँच करोड ३६ लाख मेट्रिक टन यस्तो फोहोर उत्सर्जन भएको छ । जुन चार वर्षअघि सन् २०१६ मा चार करोड ८२ लाख मेट्रिक टन थियो । सन् २०३० सम्म यस्तो फोहोरको परिमाण सात करोड ४० लाख मेट्रिक टन पुग्ने अनुमान पनि गरिएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण