शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आइफोन १२ः एप्पलद्वारा आइफोनका चार नयाँ मोडल सार्वजनिक, यस्ता छन् विशेषता; मूल्य यति

बुधबार, २८ असोज २०७७, ०७ : ३४
बुधबार, २८ असोज २०७७

अमेरिकी टेक कम्पनी एप्पलले आइफोन १२ सिरिज सार्वजनिक गरेको छ जसअनुसार उसले चार नयाँ मोडल बजारमा उतारेको छ ।

 मंगलबार एक डिजिटल इभेन्टमार्फत् यसको घोषणा गरिएको हो ।

एप्पलले आइफोन १२ को ह्यान्डसेट फाइभजी नेटवर्कबाट सुसज्जित भएको पुष्टि गरेको छ ।

एप्पलका प्रमुख टिम कुकले भने, ‘हामीले आइफोनलाई आफ्नो पूरा लाइनअपमा फाइभजी ल्याइरहेका छौं । यो आइफोनका लागि नयाँ युगको सुरुवात हो ।’

एप्पले आइफोन १२ (64, 128, 256 जीबी स्टोरेज), आइफोन १२ मिनी ( 64, 128, 256 जीबी स्टोरेज) बाहेक आइफोन १२ प्रो (128, 256 र जीबी 512 स्टोरेज), आइफोन १२ प्रो म्याक्स (128, 256 र 512 जीबी स्टोरेज) लञ्च गरेको छ । यसको मूल्य करिब १ लाख १२ हजार देखि दुई लाख ८ हजार रुपैयाँ बीच छ ।

आइफोन १२ मिनीको मूल्य लगभग १ लाख १२ हजार रुपैयाँ, आइफोन १२ को मूल्य लगभग १ लाख २८ हजार रुपैयाँ, आइफोन १२ प्रोको मूल्य लगभग १ लाख ९२ हजार रुपैयाँ र आइफोन प्रो म्याक्सको मूल्य दुई लाख ८ हजार रुपैयाँ हो ।

स्टोरेजको हिसाबले मूल्यमा वृद्धि हुन्छ । ६४ जीबी स्टोरेज भएको आइफोन १२ मिनीको मूल्य १ लाख १२ हजार रुपैयाँ पर्छ तर यही फोन यदि तपाईं २६ जीबीसहित लिन चाहनुहुन्छ भने यसको मूल्य बढेर लगभग १ लाख ३६ हजार पर्नेछ ।

 यसैगरी ५१२ जीबी स्टोरेज भएको आइफोन प्रो म्याक्सको मूल्य लगभग २ लाख ५६ हजार रुपैयाँ पर्छ ।

आइफोन १२ मिनी फाइभजी प्रविधि युक्त संसारको सबैभन्दा सानो फोन हो ।

 १६ अक्टोबरदेखि प्रि–अर्डर सुरु हुनेछः

संसारभरी आइफोन १२ मिनीको प्रि–अर्डर ६ नोभेम्बरदेखि सुरु हुनेछ र १३ नोभेम्बरबाट पाइनेछ । आइफोन १२ र आइफोन १२ प्रोको प्रि–अर्डर १६ अक्टोबरदेखि सुरु हुनेछ र २३ अक्टोबरदेखि पाइनेछ जबकी आइफोन १२ प्रो म्याक्सको प्रि–अर्डर १३ नोभेम्बरदेखि सुरु हुनेछ र २० नोभेम्बरदेखि बिक्री सुरु हुनेछ ।

तर नेपालमा यो नयाँ आइफोन कहिलेदेखि पाइन्छ यसको जानकारी अहिले प्राप्त छैन ।

 जहाँ कोरोना र आर्थिक सुस्तताका कारण संसारभरीको बजार सुस्त भइरहेको छ भने एप्पलले पछिल्लो एक वर्षमा आफ्नो फोनको विक्रिमा वृद्धि गरेको छ ।

 विशेषज्ञका अनुसार सन् २०१४ मा जब कम्पनीले आइफोन सिक्स लञ्च गरेको थियो त्यसपछि आइफोन १२ को नयाँ विशेषताका कारण कम्पनी फस्टाउने यो सबैभन्दा राम्रो मौका हो ।

एप्पलका प्रमुख टिम कुकले भने, ‘फाइभजी प्रविधि डाउनलोड र अपलोड गर्नका लागि एक नयाँ स्तरको परफरमेन्स दिनेछ । भिडियो स्ट्रिमिङ उच्च क्वालिटीको हुनेछ, गेम असाध्यै रोचक हुनेछ । रियल टाइम परस्पर संवादबाहेक यसमा धेरै कुरा हुनेछ ।’

आइफोन १२ प्रोको स्क्रिन पहिलेका आइफोनको तुलनामा ठूला छन् ।

तर यी नयाँ आइफोनमा पहिलो पटक हेडफोन वा चार्जर हुनेछैन । एप्पलका अनुसार पर्यावरणमा यसको प्रभाव कम गर्नका लागि यस्तो गरिएको हो ।

एप्पलका अनुसार आइफोन १२ को स्क्रिन ६.१ इन्चको हुनेछ तर पहिलेको फोनको तुलनामा नयाँ फोन ११ प्रतिशत पातला र १६ प्रतिशत हल्का हुनेछ ।

कम्पनीका अनुसार नयाँ फोनको स्क्रिन रिजोलूशन धेरै छ र यसमा सिरामिक शिल्डको प्रयोग गरिएको छ ।

यसमा पहिलो पटक ए–१४ बायोनिक चिप लगाइएको छ जुन पाँच न्यानोमिटर प्रोसेसरमा बनाइएको छ । यसमा तस्बिर थप उत्कृष्ट हुनेछन् ।

फ्ल्याश बिना नै राती सेल्फीः

कम्पनीका अनुसार नयाँ फोनमा फ्ल्याशको प्रयोग बिना नै नाइट–मोडमा सेल्फी लिन सकिनेछ । यसबाहेक कलर, कन्ट्रास्टमा पनि नयाँ फोनको विशेषता पहिलेको भन्दा निकै उत्कृष्ट छ ।

आइफोन १२ प्रोको स्क्रिन ६.१ इन्चको हुनेछ जबकी आइफोन १२ प्रो म्याक्सको स्क्रिन ६.७ इन्चको हुनेछ ।

दुबै प्रो मोडलमा १२८ गिगाबाइटको स्टोरेज हुनेछ ।

आइफोन १२ मा १२ मेगापिक्सेलका दुई वाइड एंगल क्यामराको प्रयोग गरिएको छ जसबारे एप्पलले यो कम प्रकाशमा पनि शानदार तस्बिर खिच्न सक्ने दाबी गरेको छ । भिडियो रेकर्डिङको कुरा गर्नुपर्दा आइफोन १२ मा नाएट टाइम ल्याप्स फिचर पनि दिइएको छ जसले कम प्रकाशमा पनि उत्कृष्ट भिडियो रेकर्ड गर्न सक्छ ।

फाइभजी प्रविधिः

सामसङले पहिलो पटक सन् २०१९ फेब्रुअरीमा फाइभजी प्रविधिले सुसज्जित ग्यालेक्सी एस १० सार्वजनिक गरेको थियो । त्यसपछि ह्वावे, वन प्लस र गुगलले पनि फाइभजी प्रविधियुक्त फोन लञ्च गरे ।

तर विशेषज्ञका अनुसार अब यी विशेषतामा मानिसहरुको रुची निकै कम छ ।

टेक अनुसन्धान कम्पनी फरेस्टरका टोमस हसनले भने, ‘एप्पलले सायदै कुनै नयाँ प्रविधि लञ्च गर्छ । उसले प्रविधि परिपक्व नभइञ्जेल प्रतिक्षा गर्छ ताकि ग्राहकलाई नयाँ तरिकाले अनुभव दिन सकियोस् ।’

एप्पलका अनुसार उसले आफ्नो नयाँ फोनको फाइभजीलाई ३.५ गिगाबाइट्स पर सेकेन्डको स्पिडसहित परीक्षण गरेको छ । यसको अर्थ यो हो कि लगभग २० गिगाबाइट भएको कुनै पनि फिल्म ४५ सेकेन्डमा डाउनलोड हुनेछ ।

फ्यूचरसोर्स कन्सल्टेन्सीका स्टीफन मियर्स भन्छन्, ‘ब्याट्री बचाउनका लागि आइफोन १२ को फोर जी र फाइभ जी बीच स्विच गर्ने क्षमताले ग्राहकका लागि सधैं फाइभजीमा उपलब्ध हुन आवश्यक नभएको जानकारी दिन्छ ।’

तर कम्पनीका अनुसार ग्राहकको अनुभव र क्षेत्रको हिसाबले भिन्न भिन्न हुनेछ र फाइभजीको सेवा सधैं चालू रहँदैन ।

फाइभजी नेटवर्क सुरु गर्ने बेलायत दोस्रो युरोपेली देश थियो । यसले बेलायतलाई फाइदा पुर्यायो तर यसको कभरेज निकै छिटपुट मात्रै भयो ।

अमेरिका एप्पलको सबैभन्दा ठूलो बजार हो । यहाँ फाइभजीको स्पिड निकै कम छ । एक अनुसन्धानका अनुसार क्यानडाको फोर जी नेटवर्क अमेरिकाको फाइभजीभन्दा तीब्र छ र केही देशमा त फाइभजी प्रविधी सर्वसाधारणका लागि अहिले उपलब्ध नै भएको छैन ।

चीन एप्पलको दोस्रो ठूलो बजार हो । चीनको सरकारले आफ्नो देशमा फाइभजीको प्रविधीलाई निकै महत्व दिएको छ । हालै चीनले बेइजिङ र शेनजेनमा फाइभजी नेटवर्कको काम पूरा भएको घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप