केन्द्रीय संस्करण

मोबाइलमा फैलिएको ‘कर्फ्यू लाग्ने’ सूचना गलत– गृह मन्त्रालय

person explore access_timeकात्तिक ३, २०७७ chat_bubble_outline0

काठमाडौं । मोबाइल र विद्युतीय माध्यममा सोमबार एउटा संवेदनशील म्यासेज भाईरल भएको छ । ‘सुरक्षाको कारण संकटकाल र कफ्र्यु लाग्ने’ सूचना सार्वजनिक भएपछि गृह मन्त्रालयले सो म्यासेजलाई ‘गम्भीर’ भनेको छ । 

गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले विज्ञप्ति निकालेर ‘सुरक्षा संवेदनशील विषय जोडेर संकटकाल, कर्फ्यू लाग्ने भन्ने सूचना सम्प्रेषित गरेकोमा मन्त्रालयको ध्यानाकर्षण भएको’ बताएका छन् । 

मोबाइल र सामाजिक सञ्जालमा प्रेशित गरिएको सो सूचना तथ्यहिन, भ्रामक र गलत भएको मन्त्रालयले जनाएको छ । घटनालाई गम्भीरतापूर्वक लिएर आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको गृह प्रवक्ता बुढाले विज्ञप्तीमार्फत जानकारी दिएका छन् । 

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र साइबर ब्यूरोले यसबारे अनुसन्धान शुरु गरेका छन् । मोबाइलमा पिएससी युजरबाट ‘ग्रुप मेसेज’आएपछि सो सूचना भाइरल भएको छ । सूचनामा आपतकालिन अवस्था आएकोले कफ्र्यु लगाएको र  सशस्त्र प्रहरीले एयर ट्राफिक मनिटर गरेर सम्भावित चुनौती साम्य पार्न पार्न लडिरहेको उल्लेख छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.