केन्द्रीय संस्करण

लण्डनमा शाहरुख र काजोलको स्ट्याजु बन्ने

person explore access_timeकात्तिक ४, २०७७ chat_bubble_outline0

एजेन्सी । अभिनेता शाहरुख खान र अभिनेत्री काजोलको स्ट्याजु लण्डनको लिसेस्टर स्क्वायरमा राखिने भएको छ । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिजको २५ वर्ष पूरा भएको अवसरमा उक्त स्ट्याजु राख्न लागिएको हो ।  २० अक्टोबर १९९५ मा रिलिज भएको फिल्मले आज २० अक्टुबरबाट २५ वर्ष पुरा गरेको छ । दर्शकले निकै मन पराएको फिल्म आज पनि धेरै हेरिने गरिन्छ । स्ट्याजु भने अर्को वर्ष अर्थात २०२१मा अनावरण हुनेछ । स्ट्याजु फिल्म भित्रको एक दृश्यको क्रियट गरिनेछ ।

आदित्य चोपडा निर्देशित फिल्ममा शाहरुखले राज र काजोलले सिमरनको भूमिका निर्वाह गरेका थिए । शाहरुख र कोजोलको अलवा फिल्ममा अनुपम खेर, अमरिश पुरी, फरिदा जलला, सतिस शाह, मन्दिरा बेदी, परमिट सेठी र अचला सचदेवको मुख्य भूमिका रहेको थियो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.