केन्द्रीय संस्करण
सफलताको कथा

५ पैसाको त्यो इनाम, जसले गणितमा झनै रस बसायो र आखिरमा बनिन् नेपालकै पहिलो महिला डिन

person explore access_timeकात्तिक ८, २०७७ chat_bubble_outline0

 

 

 

त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा समाजशास्त्र संकायको डिन यसपटक महिलाले सम्हाल्ने अवसर पाएकी छन् । शिक्षाको इतिहासमै विरलै पाएको यो अवसर प्राप्त गर्ने व्यक्ति हुन् प्रा.डा. कुशुम शाक्य । उनले यो अवस्थासम्म आइपुग्ने सोच राखिन् वा राखिनन् त्यो फरक पाटो हो तर जुन स्थानमा उनी अहिले आइपुगेकी छिन्, त्यसले गर्दा उनी समग्र महिलाहरुकै लागि गौरवको पात्र बनेकी छन् ।

देख्नेलाई त उनको यो पद सहजै पाएको लाग्दो हो, विशेषतः अहिले महिला अधिकार, समानताको कुरा चर्को रुपमा उठ्ने समयकालमा ।  तर यो पदमा आइपुग्दासम्म उनले गरेको संघर्षको लामो फेहरिस्त छ । उनलाई विगतका संघर्षका ती कठिन दिनहरुलाई फर्केर समीक्षा गर्न उनलाई ‘पट्यार’को कुरा लाग्छ र भन्छिन्, ‘मैले तपाईलाई जे जति भने ती सबै सहजै एकपछि अर्को पाउँदै गएजस्तो लाग्दो हो तर यस बीचमा मैले गरेको संघर्ष, त्याग र पेशागत जीवनमा आएको चुनौती निकै पट्यारलाग्दो छ । त्यसकारण मेरो विगत जे भयो भयो, त्यसमा गएर केही फाइदा छैन । यद्यपि, जुन स्थानमा छु ती सबैका कारण मेरो मेहनत र संघर्ष नै हो ।’

पिताको बात्सल्यबिनाको बाल्यकाल

सुनचाँदीका गरगहना तथा भाडाकुडा बनाउने पृष्ठभूमिको परिवारमा जन्मेकी कुशुमका बुबा कनकमान शाक्य कांग्रेसी राजनीतिमा सक्रिय थिए । गणेशमान सिंहसँगै राजनीतिमा लागेका बुबा कनक पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसले थालेको आन्दोलनमा सहभागी भएकै कारण  तत्कालीन पञ्चायती शासन व्यवस्थाको तारो बने, उनी पटक पटक शासकहरुको कोपभाजनको शिकार बने । कतिसम्म भने उनलाई समात्नका लागि तत्कालीन शाही सेनाले घरमै घेरासमेत हाल्यो । भिन्न विचार र राजनीतिक आस्था बोकेकै कारण ज्यानमा समेत खतरा हुने स्थिति पैदा भएपछि उनका पिताजीका सामु एउटै विकल्प बाँकी रह्यो– या त शासकहरुका सामु आत्मसमर्पण गर्ने या क्रान्तिको मसाललाई निभ्न नदिन निर्वासनमा जाने । उनले दोस्रो विकल्प रोजे ।  चार महिनाकी छोरी कुशुमलाई छोडेर उनी भारतको निर्वासनमा जान बाध्य भए । यसरी चार महिनाको अबोध उमेरमै कुशुमले बुबाको बात्सल्यबाट बञ्चित बन्नुपर्यो । आमा सूर्यदेवीले उनलाई दुःखले हुर्काइन् ।

भिन्न विचार र राजनीतिक आस्था बोकेकै कारण ज्यानमा समेत खतरा हुने स्थिति पैदा भएपछि उनका पिताजीका सामु एउटै विकल्प बाँकी रह्यो– या त शासकहरुका सामु आत्मसमर्पण गर्ने या क्रान्तिको मसाललाई निभ्न नदिन निर्वासनमा जाने । उनले दोस्रो विकल्प रोजे ।  चार महिनाकी छोरी कुशुमलाई छोडेर उनी भारतको निर्वासनमा जान बाध्य भए । यसरी चार महिनाको अबोध उमेरमै कुशुमले बुबाको बात्सल्यबाट बञ्चित बन्नुपर्यो । आमा सूर्यदेवीले उनलाई दुःखले हुर्काइन् ।

कुशुमभन्दा माथि एक दिदी र दाजु पनि थिए । कुशुमको बाल्यकाल बुबासँग होइन उनका हजुबुबाको बात्सल्यमा बित्यो । कुशुम र उनकी आमा  बेलाबखत कष्टपूर्ण यात्रा गर्दै रक्सौल पुग्थे आफ्ना बुबालाई भेट्न । कुशुमले आफ्नो स्मरणलाई बाल्यकालमा फर्काउँदा सबैभन्दा पहिला  सानोमा ट्रकमा लुकेर बुवालाई भेट्न गएको सम्झन्छिन् ।  अनि भारतीय जस्तै भेषमा लुकेर बसेका आफ्ना बुबा कनकमानको स्वरुपलाई याद आउँछ उनलाई । कुशुमका अनुसार बेलाबखत बुबा भेट्न आमासँग भारत जान्थिन् र केही समय बुबासँगै बसेर फर्कन्थिन् ।

५ पैसाको त्यो इनाम, जसले गणितमा झनै रस बसायो !

कुशुम शाक्य काठमाडौंको ओमबहाल टोलमा जन्मेकी हुन् । सुनचाँदीका भाँडा र गरगहना बनाउने परिवार भएकाले कुशुमका हजुरबुवाहरुको राणाहरुसँग राम्रै हिमचिम चियो । उनीहरुकै गरगहना ल्याएर पनि बनाउँथे । १० बर्षसम्म कुशुमले औपचारिक शिक्षा पाइनन् । तर माइला हजुरबुवाले कुशुमलाई त्यही ज्यासलमै राखेर लेखपढ सिकाए ।

कुशुमलाई हिसाब असाध्यै मन पर्ने विषय थियो । हजुरबुबाले पनि उनलाई प्रोत्साहित गरिरहन्थे । एक पटक कुशुमले एउटा लामो हिसाब एकै पटकमा मिलाइन् । त्यो देखेर खुसी बनेका हुजुबुबाले उनलाई ५ पैसा इनाम समेत दिएका थिए । वास्तवमा, त्यो कुशुमको लागि ५ पैसा मूल्यको इनाम मात्रै थिएन, त्यो त अनमोल इनाम पनि थियो, जुन उनको लागि गणित विषयमा लगाव बढाइदिने अथाह उत्प्रेरणाको स्रोत पनि थियो । त्यो इनामले कुशुममा हिसाबप्रतिको चासो, मोह र लगाव झनै बढ्यो । उनी झनै गणितमा डुबेर अध्ययन गर्ने भइन् ।

कुशुमलाई हिसाब असाध्यै मन पर्ने विषय थियो । हजुरबुबाले पनि उनलाई प्रोत्साहित गरिरहन्थे । एक पटक कुशुमले एउटा लामो हिसाब एकै पटकमा मिलाइन् । त्यो देखेर खुसी बनेका हुजुबुबाले उनलाई ५ पैसा इनाम समेत दिएका थिए । वास्तवमा, त्यो कुशुमको लागि ५ पैसा मूल्यको इनाम मात्रै थिएन, त्यो त अनमोल इनाम पनि थियो, जुन उनको लागि गणित विषयमा लगाव बढाइदिने अथाह उत्प्रेरणाको स्रोत पनि थियो ।

कमजोर स्वास्थ्य: विज्ञान नपढाउन डाक्टरको सल्लाह

त्यतिखेर कान्ति इश्वरी माध्यमिक बिद्यालय च्यासलमा कक्षा ६ देखि मात्र पठनपाठन हुन्थ्यो । ५ कक्षासम्म घरछेउकै स्कुल गए पनि उनको पढाइमा निरन्तरता भएन । यसकारण ६ कक्षादेखि मात्रै उनको औपचारिक शिक्षा शुरु भयो । त्यतिखेर स्वास्थ्य कमजोर भएकाले गाह्रो विषय पढ्न नदिनु भनी डाक्टरले सल्लाह दिए ।  तर उनको रुचि चाहिँ बच्चैदेखि गणित र विज्ञान पढ्ने खुब रुची थियो । परिवारको मोहले उनको रुचिको तगारो बन्यो । उनले आफ्नो रुचि अनुसारको विषय पढ्न पाइनन् । सट्टामा उनको उच्च शिक्षा अध्ययन अर्थशास्त्रमै वित्यो । आखिरमा विद्यावारिधि पनि उनले त्यसै विषयमा गरिन् । विज्ञान पढेर डाक्टर बन्ने उनको धोको त पूरा भएन, तर  विद्यावारिधि गरेर उनले डा. उपाधि पाइन् । उनको नामको अगाडि अहिले डाक्टरको पदावाली झुण्डिएको छ । र, त्यो पदावलीभन्दा पनि सम्मानित अर्को पदावली पनि उनको नामको अगाडि जोडिएको छ– प्राध्यापक । अर्थात् उनी प्राडा कुशुम शाक्य बनेकी छन् । उनले पदमकन्या क्यापसबाट प्रवीणता तह र स्नातक तहको अध्ययन सकाइन् । स्नातक तहमा त उनले नेपाल राष्ट्र बैंकको छात्रवृत्ति नै पाएकी थिइन् । स्नातकोत्तर तहको अध्ययन चाहिँ उनले किर्तिपुर कलेजबाट र विद्यावारिधि टियूबाटै गरिन् ।

छोटो राजनीतिक जीवन: जब सबैभन्दा बढी मत पाएर नेविसंघको कोषाध्यक्ष बने

उनले अध्ययन गरिरहेको कालखण्डमा देशमा राजनीतिक व्यवस्था परिवर्तन हुँदै थियो । राजनीतिक दलहरु प्रतिबन्धित भएको त्यो अवस्थामा चर्को विद्यार्थी आन्दोलनको रापतापका कारण राजनीतिक पार्टी निकट विद्यार्थी संगठनहरु भने खुलिसकेका थिए । उनी नेबिसंघकी पहिलो महिला कोषाध्यक्ष समेत हुन्, पद्मकन्या क्याम्पसको । वास्तवमा, उनलाई राजनीतिमा चासो थिएन तर बुबाकै जोडबलले नेविसंघको चुनावमा उनी उठेकी थिइन् । आखिरमा उनले सबैभन्दा बढी मत पाउन सफल भइन् । उनले विद्यार्थी राजनीति २ वर्ष मात्र गरिन् ।

उनी नेबिसंघकी पहिलो महिला कोषाध्यक्ष समेत हुन्, पद्मकन्या क्याम्पसको । वास्तवमा, उनलाई राजनीतिमा चासो थिएन तर बुबाकै जोडबलले नेविसंघको चुनावमा उनी उठेकी थिइन् । आखिरमा उनले सबैभन्दा बढी मत पाउन सफल भइन् । उनले विद्यार्थी राजनीति २ वर्ष मात्र गरिन् ।

पद्मकन्याबाटै पेशागत जीवन शुरु

उनको पेशागत जीवन पद्मकन्या कलेजबाटै शुरु भएको हो । आफ्नो अध्ययनपछि पुनः पद्यमकन्यामै फर्केर ६ वर्ष गणितीय अर्थशास्त्र पढाइन् । त्यस दौरानमा विदेशी भुमिको यात्राको अवसर पनि उनलाई जुर्यो । नेदरल्याण्डमा पोस्ट ग्राजुएट समेत गरिन् ।

विद्यावारिधिपछि उनी विश्वविद्यालय अनुदान आयोगमा (सन २००८) निर्देशकका रुपमा तीन वर्ष काम गरिन् । उनलाई  विभिन्न क्षेत्रको अनुभव लिन रुचि थियो । त्यसकारण विश्वविद्यालय अनुदान आयोगमा गइन् । तर उनले त्यहाँँको अनुभवलाई अन्यत्र अभ्यास गर्न पाइनन् । त्रिभुवन विश्वविद्यालयमै काम गरेपनि आयोगको अनुभवलाई मान्यता नदिइँदो रहेछ । उनलाई यो कुरा थाहा थिएन  जब थाहा पाइन् निकै दुःख लागेको शाक्य बताउँछिन् ।  सोही कारण उनको प्रमोशनमा धक्का लाग्थ्यो । उप–प्राध्यापक, सहायक–प्राध्यापक वा प्राध्यापक सबै पदमा उनी जहिले पनि दोस्रो भइन् । यस मानेमा महिलामा सधैँ प्रथम रहिन् । उनी भन्छिन्, ‘यदि तपाईंको योग्यता दरो छ भने सधैँ तपाईं अग्रभाग मै हुनुहुन्छ ।’ साढे २ वर्ष अगाडि केन्द्रिय अर्थशास्त्र विभागको प्रमुख बनिन् । गत साउन ९ गते मानविकी तथा समाजशास्त्र संकायको डिनमा सिफरिस भइन् र साउन ११ गतेदेखि बहाली भइन् । यसरी नेपालको इतिहासमा उनी पहिलो महिला डिन (मानविकी तथा समाजशास्त्र संकायतर्फ) बन्न सफल भइन् ।

उनी भन्छिन्, ‘यदि तपाईंको योग्यता दरो छ भने सधैँ तपाईं अग्रभाग मै हुनुहुन्छ ।’ साढे २ वर्ष अगाडि केन्द्रिय अर्थशास्त्र विभागको प्रमुख बनिन् । गत साउन ९ गते मानविकी तथा समाजशास्त्र संकायको डिनमा सिफरिस भइन् र साउन ११ गतेदेखि बहाली भइन् । यसरी नेपालको इतिहासमा उनी पहिलो महिला डिन  (मानविकी तथा समाजशास्त्र संकायतर्फ) बन्न सफल भइन् ।

संघर्षको साक्षी आफैँ छुः विगत कोट्याउँन चाहन्न, जे भयो भयो

सन्तुलन मिलाएर व्यवहार गर्न सकेन भने असफल हुन्छ भन्ने उनको मान्यता  । उनका करियरका कथा सुन्दा सहजै जस्तो लाग्छ, तर त्यहाँ सम्म आइपुग्दा उनले गर्नुृपरेको संघर्षको साक्षी उनी आफै छिन् । उनी विगतलाई कोट्याउँन चाहन्न । दुःखलाई सम्झन पनि चाहन्न र भन्छिन्, ‘धेरै दुःख गरेर यहाँसम्म आएको मान्छे हो म । एउटा महिला त्यसमा पनि विवाहित र दुइवटा बच्चाको आमा ! तपाईं आफैँ सोच्नुस्– करियरमा अगाडि बढ्न सहज भयो वा भएन होला । म विगतमा जान चाहन्नँ । मैले पनि कति चुनौती पार गरेहोला । तर, मेरो श्रीमान पनि प्राध्यापक नै भएकाले उहाँले धेरै सहयोग गर्नुभयो ।’

पुरुष नै हावी : महिलाले निकै संघर्ष गर्नुपर्ने

आफु जुन कार्यक्रममा गयो त्यहाँ पुरुषमान्छे हावी भएको देख्दा अझै महिलाले अगाडि आउन निकै संघर्ष गर्नुपर्ने देख्छिन् उनी । यद्यपि, कुनै श्रीमती आफ्नो श्रीमानको प्रगतिमा खुसी हुन्छिन् भने कुनै श्रीमान आफ्नो श्रीमतीलाई प्रगति गर्नबाट कसरी रोक्न सक्छ भन्ने प्रश्न गर्दै उनी भन्छिन्, जुन पुरुषलाई आफ्नो श्रीमतीको प्रगतिमा खुसी लाग्छ, उसको श्रीमतीले प्रगतिपथमा सहजै लम्कन पाउँछ । दुबैले दुबैको साथ र सहयोग पाउँछन् ।’ यद्यपि, अझै पनि उनलाई आफूले चाहेको र सोचेजति पढ्न नसकेको अनुभूति हुन्छ । पढाइको हकमा अझै राम्रो गर्न सक्थे भन्ने उनलाई जहिले पनि लाग्ने गरेको छ ।

कुनै श्रीमती आफ्नो श्रीमानको प्रगतिमा खुसी हुन्छिन् भने कुनै श्रीमान आफ्नो श्रीमतीलाई प्रगति गर्नबाट कसरी रोक्न सक्छ भन्ने प्रश्न गर्दै उनी भन्छिन्, जुन पुरुषलाई आफ्नो श्रीमतीको प्रगतिमा खुसी लाग्छ, उसको श्रीमतीले प्रगतिपथमा सहजै लम्कन पाउँछ । दुबैले दुबैको साथ र सहयोग पाउँछन् ।’ यद्यपि, अझै पनि उनलाई आफूले चाहेको र सोचेजति पढ्न नसकेको अनुभूति हुन्छ ।

काम खोज्न जानु परेन, कामले मलाइ खोज्दै आयो

अरुको बुबा आमा मेरो छोरालाई अथवा छोरीलाई जागिर लगाइदिनुपर्यो भन्दै उनका बुबा कहाँ आउँथे  । तर कुशुमले जागिरकै लागि बुबालाई हात फैलाउँने अवस्था सृजना गरिनन् । पद्मकन्या कलेजमा लेक्चर पदमा नियुक्त भएको पत्र उनले आफ्ना बुबालाई देखाउँदा अचम्भित र हर्षित हुँदै भनेछन्, ‘छोरी, तिमीले त मलाई असाध्यै खुसी  बनायौ । जागिरका लागि कसैसँग झुक्नै लगाएनौ ।’

आफु सक्षम छ भने काम खोज्न जार्नै नपर्ने, बरु कामले नै आफूलाई खोज्दै आउँछ– यो उनले अनुभूत गरेको कुरा हो । जीवन भनेको  सिकाइ र गराइ हो, आफूले पाएको दुख आफ्ना सन्तानले नपाउन भन्ने उनको भित्री कामना छ । उनको बुझाइमा सबैभन्दा ठूलो र प्राथमिक कुरा नै शिक्षा हो । त्यसैले,  उनले छोरीहरुको शिक्षामा कुनै कसर बाँकी राखेकी छैनन् ।

आफु सक्षम छ भने काम खोज्न जार्नै नपर्ने, बरु कामले नै आफूलाई खोज्दै आउँछ– यो उनले अनुभूत गरेको कुरा हो । जीवन भनेको  सिकाइ र गराइ हो, आफूले पाएको दुख आफ्ना सन्तानले नपाउन भन्ने उनको भित्री कामना छ । उनको बुझाइमा सबैभन्दा ठूलो र प्राथमिक कुरा नै शिक्षा हो । त्यसैले,  उनले छोरीहरुको शिक्षामा कुनै कसर बाँकी राखेकी छैनन् ।

बुढेसकाल लाग्यो भन्दै हात बाँधेर बस्दिनँ

उनले डिनको चार वर्षे कार्यकाल सकिएपछि कता संलग्न हुने भन्ने कुनै योजना बनाइसकेकी छैनन् । यद्यपि कुनै न कुनै रुपमा सक्रिय भने रहने उनको इच्छा छ । उनी भन्छिन्, ‘विशेषगरी हामी महिला बुढेसकाल लाग्यो अब काम नगर्ने भनेर हात बाँधेर बस्छौ र एक पछि अर्को रोग निम्त्याउँछौ । जसरी मेसिन चलाउन छोडेपछि खिया लागेर काम नलाग्ने हुँदै जान्छ, त्यसैगरी हाम्रो शरीरलाई पनि निष्क्रिय बनायौं भने हामी आफै रोगको सिकार बन्न सक्छौं।’

त्यसैले शरीरले साथ दिएसम्म र सकुन्जेल सक्रिय जीवन बिताउनुपर्ने उनको भनाइ छ ।

यस आलेखको शीर्षकबाट प्राडा कुशुम शाक्य नेपालकै पहिलो महिला डिन अर्थ लाग्न गएकोमा क्षमायाचना गर्दै उनी मानविक ितथा समाजशास्त्र संकायतर्फ चाहिँ नेपालको पहिलो महिला डिन रहेकी प्रष्ट पार्दछौं । –रातोपाटी)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.