सरकारसँगको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको आपत्ति

काठमाडौँ । स्वास्थ्य मन्त्रालयसँग गरिएको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिमा आपत्ति जनाएको छ। समितिले आन्दोलनका कार्यक्रम निरन्तरता दिने समेत जनाएको छ ।
विभिन्न सञ्चार माध्यमहरूमा आएका 'आन्दोलनरत चिकित्सकहरू र सरकारबिच सहमति' शीर्षकका समाचारहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ। सरकारसँग हाम्रो कुनै पनि सहमति नभएको जानकारी गराउन चाहन्छौँ, समितिले विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ–'चिकित्सा शिक्षा आयोगको मिति २०८१र१०र२५ गतेको सोह्रौँ पूर्ण बैठकले निर्णय गरेबमोजिमको पारिश्रमिक करिब ३ महिना देखि नपाएको र पटक पटक निर्देशन दिने बाहेक कार्यान्वयनको कुनै ठोस कदम नचालिएको अवस्थामा हामी हाम्रा आन्दोलनका कार्यक्रमहरू सुचारु राख्न बाध्य छौँ ।'
तीन महिनादेखि पारिश्रमिक नपाएका आवासीय चिकित्सकहरूलाई पारिश्रमिक दिलाउनको सट्टा निर्देशन दिने सहमति गरेकोप्रति पनि समितिले आपत्ति जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना
-
खरबुजाको बियाँ खानुभएको छ ? यस्ता छन् फाइदा
-
राष्ट्रकवि घिमिरेका कविता वाचन गर्दै राष्ट्रपतिले भने, ‘स्रष्टालाई सम्मान गर्न समाज र सरकारले कन्जुस्याइँ गर्न हुन्न’
-
माओवादीको निष्कर्ष– हुलाकी मार्ग अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण
-
सिमावर्ती क्षेत्रका नागरिकलाई सरकारले लुट्ने काम गरिरहेको छ : प्रभु साह
-
चन्दा सङ्कलन गरेर किरियाघर निर्माण