सरकारसँगको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको आपत्ति
काठमाडौँ । स्वास्थ्य मन्त्रालयसँग गरिएको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिमा आपत्ति जनाएको छ। समितिले आन्दोलनका कार्यक्रम निरन्तरता दिने समेत जनाएको छ ।
विभिन्न सञ्चार माध्यमहरूमा आएका 'आन्दोलनरत चिकित्सकहरू र सरकारबिच सहमति' शीर्षकका समाचारहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ। सरकारसँग हाम्रो कुनै पनि सहमति नभएको जानकारी गराउन चाहन्छौँ, समितिले विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ–'चिकित्सा शिक्षा आयोगको मिति २०८१र१०र२५ गतेको सोह्रौँ पूर्ण बैठकले निर्णय गरेबमोजिमको पारिश्रमिक करिब ३ महिना देखि नपाएको र पटक पटक निर्देशन दिने बाहेक कार्यान्वयनको कुनै ठोस कदम नचालिएको अवस्थामा हामी हाम्रा आन्दोलनका कार्यक्रमहरू सुचारु राख्न बाध्य छौँ ।'
तीन महिनादेखि पारिश्रमिक नपाएका आवासीय चिकित्सकहरूलाई पारिश्रमिक दिलाउनको सट्टा निर्देशन दिने सहमति गरेकोप्रति पनि समितिले आपत्ति जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण