सबै स्थानीय तहमा २ वर्षभित्र अस्पताल निर्माण सक्नेगरी झण्डै ५८ अर्बको स्रोत सुनिश्चित

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका छन् ।
अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले ५, १० र १५ शैयाका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रकृया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको जानकारी गराए । यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रुपमा उपलब्ध गराइनेछ । अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ पठाइसकेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार यही मंसीर १५ गते भवन निर्णाणको शिलान्यास गर्ने निर्णय गरेको थियो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा मानवीय सहायता पर्खिरहेका कम्तीमा ३४ प्यालेस्टिनी इजरायली सेनाबाट मारिए
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
-
इजरायलसँगको तनावकाबिच इरानले भन्यो, ‘आक्रमण भइरहँदा वार्ता सम्भव छैन’
-
लिभरपुलद्वारा क्लब इतिहासकै महँगो मूल्यमा विर्ट्ज अनुबन्ध
-
वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट : अस्ट्रेलियाले लाबुसेनलाई हटायो, युवा खेलाडीलाई मौका
-
कोहली र रोहितको युगपछि शुभमन र यशस्वीको धमाकेदार सुरुवात