बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कोब्राको टोकाइबाट पनि बचे कोरोना र डेंगु जितेका व्यक्ति

आइतबार, ०७ मङ्सिर २०७७, १४ : २५
आइतबार, ०७ मङ्सिर २०७७

एजेन्सी । कोरोना भाइरस, डेंगु र मलेरियाबाट संक्रमित भएर पनि बाँचेका एक बेलायती सामाजिक अभियन्ता प्राणघातक सर्पको टोकाइबाट पनि बाँच्न सफल भएका छन् । पश्चिमी भारतस्थित राजस्थान राज्यमा इयान जोनसलाई जोधपुर जिल्लामा कोब्राले टोकेको थियो । त्यसपछि उनलाई जोधपुर शहरस्थित अस्पताल भर्ना गरियो ।

राजस्थानको राजधानी जयपुरबाट जोधपुर झन्डै ३ सय ५० किलोमिटर टाढा छ । ‘गत हप्ता गाउँमा सर्पले टोकेपछि जोनस उपचारका लागि हाम्रोमा आएका थिए । सुरुवातमा उनी दोस्रोपटक कोभिड १९ पोजेटिभ छन् भन्ने आशंका हामीलाई लागेको थियो । तर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो,’ स्थानीय मेडिपल्स अस्पतालमा जोनसको उपचार गरेका डाक्टर अभिषेक टाटेरले भनेका छन्, ‘उनी होसमै थिए र सर्पले टोकका कारण आँखा धमिलो देख्ने र हिँड्न गाह्रो पर्ने लक्षण थियो । तर यो अस्थायी लक्षण हो ।’

जोनस यसै साताको सुरुवातमै डिस्जार्च भए । चिकित्सक अभिषेकका अनुसार उनी केही दिनभित्र पूर्ण निको हुनेछन् र कुनै लामो असर रहनेछैन । जोधपुरलगायत राजस्थानका क्षेत्रमा सर्पले टोक्नु सामान्य नरहेको उनले बताए । जोनसनले राजस्थानका स्थानीयहरुसँग मिलेर गरिबी उन्मुलनमा काम गरिरहेका छन् । आफ्नो सामाजिक उद्योग ‘साबिरियन’ मार्फत उनले स्थानीयहरुले उत्पादन गरेका सामाग्री बेलायत लैजान्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप