एकसाथ विवाहका पाँच गीत सार्वजनिक

काठमाडौं । गीतकार विनिता खनालले विवाह सम्बन्धि गीति एल्बम ‘लगनगाँठो’ सार्वजनिक गरेकी छन् । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको एल्बममा पाँच गीत समावेश छन् । एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् ।
कार्यक्रममा यी पाँचवटै गीतका भिडियो समेत एकसाथ सार्वजनिक गरिएको थियो । विवाहका पाँच गीतका भिडियोमध्ये आइतवार ‘मेहेन्दी’ यूट्युबमा सार्वजनिक गरिएको छ । अन्य क्रमस सार्वजनिक हुनेछ ।
विवाहका पाँचै गीतका भिडियोलाई सुव्रत राज आचार्यले निर्देशन गरेका हुन् । किरण कँडेलको एकल संगीत रहेको गीतमा ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाई’ मा मेलिना राई र श्रीवास्तव खरेल, ‘दौरा सुरुवाल चिटिक्कै’ मा मिना निरौला, ‘विदाई गर्न छोरी तिमीलाई’मा वानिका प्रधान र ‘छमछम पाउजु’मा निकिता थापा र प्रताप दासले स्वर रहेको छ ।
पाँचवटै विवाहका गीतको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलहा दुलहीको भूमिकामा अभिनय गरेका छन् । अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय छ । गीतको भिडियोका छायाँकार उत्सव दाहाल र उत्तम हुमागाईं हुन् । भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा (नयाँ शक्ति)को केन्द्रीय समिति बैठक : के–के छन् एजेन्डा ?
-
भक्तपुरबाट लागु औषधसहित युवक पक्राउ
-
व्यावसायिक सुन्तला खेतीमा जुट्दै भोजपुर पालुवाका किसान
-
पर्दा पछाडिको उज्यालो : फिल्म हलमा युवा रोजगारी
-
सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
इजरायल–इरान युद्धले कमोडिटितिर सोझियो लगानी, विश्वभरको शेयर बजार घट्दो