नेपाल कन्सुलेट भिक्टोरियाको १२ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय गीत सार्वजनिक
मङ्गलबार, ०९ मङ्सिर २०७७, ०८ : ४४
अस्ट्रेलियाको भिक्टोरियास्थित नेपाली महावाणिज्यदूत कार्यालयले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा एक राष्ट्रिय गीत सार्वजनिक गरेको छ । पत्रकार एवम् साहित्यकार निरु त्रिपाठीको शब्द, न्यू बज्राचार्यको संगीत र अस्मिता अधिकारीको स्वरमा ‘चन्द्र स्रय अंकित मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको हो ।
उक्त गीतको अधिकांश भिडियो मेलबर्नमा नै छायांकन गरिएको छ भने गीतमा समृद्धि (साम) हाडा, साहुल गजमेरलगायतको अभियन गरेको हो ।
महावाणिज्यदूत चन्द्र योन्जनले नेपाली भाषा, संस्कृति, पर्यटन र व्यवसाय प्रवर्द्धन सँगै नेपाली गीतको पनि प्रवर्द्धन गर्नुपर्ने भन्ने लागेर यो गीत प्रस्तुत गरिएको बताए ।
कार्यालयले हरेक वर्ष नेपाल पर्यटन प्रवर्द्धन गर्दै आएपनि यसपाली कोरोनाको महामारीले सम्भव नहुँदा संगीतको सहारा लिइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण