नेप्सेमा नयाँ ब्रेकः सातामा ३१ अर्बको कारोबार
काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ । ३१ अर्ब ५४ करोड बढीको कारोबार भएको सेयर बजारमा नेप्से सूचकसमेतमा निकै सुधार देखिएको हो ।
यस साता २ सय १२ कम्पनीको ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार २ सय रुपैयाँबराबरको ७ करोड ५८ लाख ३८ हजार ८ सय ६४ कित्ता सेयर कारोबार भएको छ । यस साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा बजार पुँजीकरण २५ खर्ब ३७ अर्ब ४४ करोड २२ लाख ८९ हजार पुगेको छ ।
सेयर बजारले हालसम्मकै उच्च कारोबार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेप्से सूचकले झन्डै ४ वर्ष ४ महिनापछि फेरि आफ्नै ‘अल टाइम हाई’ रेकर्ड तोडेको हो । बिहीबार बजार १ हजार ९ सय २६ दशमलव ९२ बिन्दुको नयाँ रेकर्ड बनाएर सामान्य हिसाबले फर्किएको थियो ।
यसअघि नेप्सेले २०७३ साउन १२ गते १ हजार ८ सय ८१ पुगेर त्यसअघि लगातार घट्दै १ हजार ९९ बिन्दुसम्म आएको थियो । त्यसपछि विभिन्न समयमा उतारचढाव हुँदै गए पनि कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउन खुला भएपछि बजार निरन्तर बढ्न सुरु गरेको हो । त्यसपछि बजार निरन्तर बुलिस प्रवृत्तिमा रहँदै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा पूजा चँदाराले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण