पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
शुक्रबार, ०१ साउन २०८३, १६ : ४६
सारांश
- शेरबहादुर देउवाको हात भाँचिएको भन्ने सामाजिक सञ्जालको समाचार सचिवालयले खण्डन गरेको छ।
- सचिवालयले विज्ञप्ति जारी गर्दै देउवा न त लडेको न त हात भाँचिएको स्पष्ट पारेको छ।
- सत्यता पुष्टि नगरी हल्ला फैलाउनु गैरजिम्मेवार कार्य भएको सचिवालयले जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा फैलिएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले ‘पूर्वप्रधानमन्त्री लडेर हात भाँचिएको’ भन्ने खबर पूर्णतः निराधार, असत्य र भ्रामक भएको स्पष्ट पारेको हो। यसमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
‘सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ,’ सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि आधिकारिक पुष्टि बिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो।’
सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई कुनै पनि सूचना वा समाचार साझा गर्नुअघि त्यसको सत्यता आधिकारिक स्रोतबाट पुष्टि गर्न समेत आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण