शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप उदय लेख्छन्, ‘सरकार फिल्म क्षेत्र प्रति किन उदासिन ?’

शुक्रबार, २६ मङ्सिर २०७७, १२ : ३०
शुक्रबार, २६ मङ्सिर २०७७

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण करिव ९ महिनादेखि बन्द रहेको फिल्म क्षेत्र अझै खुल्न सकेको छैन । चलचित्र घरहरु अझै बन्द छन् ।

सरकारले हिजो बिहिबारदेखि जावलाखेलस्थित चिडियाखाना समेत खुल्ला गरेको छ । विद्यालयहरु बिस्तारै खोल्ने तयारी गरिएको छ । कलेजका परिक्षा पहिले झै संचालनमा आएका छन् ।

सम्पूर्ण क्षेत्रहरु क्रमिक रुपमा सुचारु हुँदा पनि फिल्म क्षेत्र खोल्ने बारे सरकारले कुनै चासो देखाएको देखिन्न । फिल्मकर्मीहरु पनि सरकार फिल्म क्षेत्रसँग उदासिन रहेको बताइरहेका छन् ।

निर्माता तथा प्रदर्शक प्रदीप कुमार उदयले पनि कोरोना महामारीमा सरकारले फिल्म क्षेत्र प्रति उदासिनता देखाएको आरोप लगाएका छन् । उनले सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै सरकारको उदासिनताको कुरा गरेका हुन् ।

‘कोरोना सर्ने मुख्य क्षेत्र चलचित्र क्षेत्र रहेछ । विशेष गरेर चलचित्र घर (सिनेमा हल)’ उदयले लेख्छन् ‘चलचित्रकर्मीहरू यो देशको नागरिक होईन र सरकारको यिनीहरूप्रति कुनै दायित्व छैन ।’

उदय अगाडि लेख्छन् ‘ होईन भने सरकारले चलचित्रकर्मीहरूलाई भन्न सक्नु पर्यो । यो कारण चलचित्र क्षेत्र बिशेष गरेर चलचित्र घर खोल्ने स्विकृति नदिएको हो ।’ उदयले सरकारसँग प्रश्न गरेका छन् ‘भिडभाड हुने सबै क्षेत्र खुलिसकेको अवस्थामा पनि चलचित्र क्षेत्र किन खोल्ने स्विकृति नदिएको ? के नेपाली चलचित्र क्षेत्रसँग सम्वन्धित संघसंस्थाको अस्तित्व छैन ? के नेउवामसंघले चासो र चिन्ता लिनु पर्दैन ? ।

उदयले अब आफुहरुको बाटो आन्दोलन वा बिस्थापन दुई मध्य एक भएको समेत उल्लेख गरेका छन् ।

सरकारले यो क्षेत्रको संघसंस्थाको अस्तित्व स्विकार्न पनि नसकेको र संघसंस्थाले आफ्नो अस्तित्व देखाउन पनि नसकेको उदयको भनाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप