आइप्याड प्रोको विवादास्पद विज्ञापनका लागि एप्पलले माग्यो माफी
शुक्रबार, २८ वैशाख २०८१, ११ : ५३
क्यालिफोर्निया । आइप्याड प्रोको विज्ञापनका लागि आइफोन निर्माता कम्पनी एप्पलले माफी मागेको छ । विज्ञापन मंगलबार सामाजिक सञ्जालमा एप्पलका सीईओ टिम कूकले उक्त विज्ञापन पोस्ट गरेका थिए ।
प्रविधिले मानवीय सृजनशीलता र कला ध्वस्त बनाएको कुराको उत्सव मनाएको भन्दै नेटिजन्सहरूले विज्ञापनको विरोध गरेका थिए । आलोचना पछि विज्ञप्ति जारी गर्दै एप्पलका मार्केटिङ सञ्चारका उपाध्यक्ष तोर मेहरनले माफी नै मागेका थिए ।
विज्ञापनमा विशाल हाइड्रोलिक प्रेसले मावनीय सृजनशीलताका प्रतीकहरू साङ्गीतिक उपकरण, पेन्ट क्यान, ८० को दशकको आर्केड भिडियो गेम र मान्छेको अर्ध प्रतिमा कुल्चिएको देखाउँछ । हाइड्रोलिक प्रेस उठ्दा त्यहाँ एप्पलको नयाँ आइप्याड प्रो हुन्छ । यो विज्ञापन टिम कूकको एक्स एकाउन्टबाट हटाइएको छैन । तर कम्पनीले यो विज्ञापन टिभीमा भने प्रसारण नगर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण