सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आइप्याड प्रोको विवादास्पद विज्ञापनका लागि एप्पलले माग्यो माफी

शुक्रबार, २८ वैशाख २०८१, ११ : ५३
शुक्रबार, २८ वैशाख २०८१

क्यालिफोर्निया । आइप्याड प्रोको विज्ञापनका लागि आइफोन निर्माता कम्पनी एप्पलले माफी मागेको छ । विज्ञापन मंगलबार सामाजिक सञ्जालमा एप्पलका सीईओ टिम कूकले उक्त विज्ञापन पोस्ट गरेका थिए । 

प्रविधिले मानवीय सृजनशीलता र कला ध्वस्त बनाएको कुराको उत्सव मनाएको भन्दै नेटिजन्सहरूले विज्ञापनको विरोध गरेका थिए । आलोचना पछि विज्ञप्ति जारी गर्दै एप्पलका मार्केटिङ सञ्चारका उपाध्यक्ष तोर मेहरनले माफी नै मागेका थिए ।

विज्ञापनमा विशाल हाइड्रोलिक प्रेसले मावनीय सृजनशीलताका प्रतीकहरू साङ्गीतिक उपकरण, पेन्ट क्यान, ८० को दशकको आर्केड भिडियो गेम र मान्छेको अर्ध प्रतिमा कुल्चिएको देखाउँछ । हाइड्रोलिक प्रेस उठ्दा त्यहाँ एप्पलको नयाँ आइप्याड प्रो हुन्छ । यो विज्ञापन टिम कूकको एक्स एकाउन्टबाट हटाइएको छैन । तर कम्पनीले यो विज्ञापन टिभीमा भने प्रसारण नगर्ने बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप