पाउरोटीमा मुसाको अंश भेटिएपछि...
टोकियो । जापानी पाउरोटी निर्माता कम्पनी पास्को शिकिशिमा कर्पोरेसनले एक लाख प्याकेटभन्दा धेरै पाउरोटी बजारबाट फिर्ता बोलाएको छ । पाउरोटीमा मुसाको अंश भेटिएपछि कम्पनीको व्यापक आलोचना भइरहेको छ । कम्पनीका कम्तीमा २ प्याकेट पाउरोटीमा मुसाको अंश भेटिएको थियो ।
जापानी सुपरमार्केट र कन्भेनियन्स स्टोरमा पास्को चर्चित पाउरोटी ब्रान्ड हो । पाउरोटी खाएर कोही बिरामी परेको खबर न आएको पास्कोले एक विज्ञप्ति जारी गर्दै भनेको थियो । यस मामिलामा कम्पनीले उपभोक्ता, व्यावसायिक साझेदार र सम्बन्धित सबैसँग माफी पनि मागेको छ । पाउरोटी कम्पनीको टोकियोस्थित कारखानामा बनाइएको थियो । कारखानाको एसेम्बली लाइन बन्द गरिएको छ ।
पाउरोटीमा मुसाको अंश कसरी पर्यो भन्नेबारे कम्पनीले केही बताएको छैन । तर भविष्यमा यस्ता घटना दोहोरिन नदिन सक्दो प्रयास गर्ने र गुणस्तर नियन्त्रण मजबुत पार्ने बताएको छ । प्रभावित उपभोक्ताहरूलाई पैसा फिर्ता लिन कम्पनीको वेबसाइटमा राखिएको फारम भर्न अनुरोध गरिएको छ । पास्कोका प्रडक्टहरू अमेरिका, चीन, अस्ट्रेलिया र सिंगापुर जस्ता देशमा निर्यात हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण