सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पाउरोटीमा मुसाको अंश भेटिएपछि...

शुक्रबार, २८ वैशाख २०८१, ११ : ४७
शुक्रबार, २८ वैशाख २०८१

टोकियो । जापानी पाउरोटी निर्माता कम्पनी पास्को शिकिशिमा कर्पोरेसनले एक लाख प्याकेटभन्दा धेरै पाउरोटी बजारबाट फिर्ता बोलाएको छ । पाउरोटीमा मुसाको अंश भेटिएपछि कम्पनीको व्यापक आलोचना भइरहेको छ । कम्पनीका कम्तीमा २ प्याकेट पाउरोटीमा मुसाको अंश भेटिएको थियो ।

जापानी सुपरमार्केट र कन्भेनियन्स स्टोरमा पास्को चर्चित पाउरोटी ब्रान्ड हो । पाउरोटी खाएर कोही बिरामी परेको खबर न आएको पास्कोले एक विज्ञप्ति जारी गर्दै भनेको थियो । यस मामिलामा कम्पनीले उपभोक्ता, व्यावसायिक साझेदार र सम्बन्धित सबैसँग माफी पनि मागेको छ । पाउरोटी कम्पनीको टोकियोस्थित कारखानामा बनाइएको थियो । कारखानाको एसेम्बली लाइन बन्द गरिएको छ ।

पाउरोटीमा मुसाको अंश कसरी पर्‍यो भन्नेबारे कम्पनीले केही बताएको छैन । तर भविष्यमा यस्ता घटना दोहोरिन नदिन सक्दो प्रयास गर्ने र गुणस्तर नियन्त्रण मजबुत पार्ने बताएको छ । प्रभावित उपभोक्ताहरूलाई पैसा फिर्ता लिन कम्पनीको वेबसाइटमा राखिएको फारम भर्न अनुरोध गरिएको छ । पास्कोका प्रडक्टहरू अमेरिका, चीन, अस्ट्रेलिया र सिंगापुर जस्ता देशमा निर्यात हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप