ओलीकै कारण सडकमा ‘राजा आउ देश बचाउ’ को नारा लाग्यो: देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारबाट जनता दिक्क भएको बताएका छन् । उनले सरकारका गलत कार्यशैलीका कारण काँग्रेस आन्दोलनमा होमिनुपरेको बताए । उनले लोकतन्त्रको रक्षाका निम्ती काँग्रेसले देशभर प्रदर्शन गरेको पनि बताए । सोमबार मकवानपुरको हेटौंडामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अहिले कम्युनिस्ट सरकार र त्यसका प्रधानमन्त्री केपी ओलीको रवैयाका कारण सडकमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लागेको समेत बताए ।
‘अहिले राजा आउ देश बचाउ भन्दै सडकमा हिँडेको देखिन्छ । यो किन भयो ? यो पनि कम्युनिस्ट सरकार र ओलीकै कारण भएको हो’, पूर्व प्रधानमन्त्री समेत रहेका देउवाको भनाई छ । उनले कम्युनिस्टहरुले एकदलीय सर्वसत्तावादी शासन लागू गरेको भन्दै कोरोनाको औषधी उपचार गर्नुपर्ने सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।
उनले कोरोनामा पनि घुस खाने काम सरकारका जिम्मेवजार व्यक्तिहरुले गरेको तथा हत्या र बलात्कारमा संलग्नहरुलाई कारवाही गर्नुको साटो सरकारले नै संरक्षण गरेको बताए । ‘कञ्चनपुरकी बालिकाको बलात्कार गर्नेलाई पक्राउ गरेको छैन । पार्टीको संलग्नता छैन भने किन वलात्कारीलाई यो सरकारले पक्रेन ?’ देउवाले प्रश्न गरे । उनले आफुले चुनावताका कम्युनिस्टले जिते रुन पनि नपाइने भनेको प्रसंग कोट्याउदै अहिले त्यसवेलाको भनाई प्रमाणित भएको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप उत्सवका क्रममा मेक्सिको सिटीमा ३ जनाको मृत्यु
-
एमाले पुनर्गठनबारे ४ थरी मत : प्रतिवेदनमा सहमति जुटाउन सकस
-
शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म
-
‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित
-
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
-
१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण