विश्वव्यापीकरणले संस्कृति र सहित्यमा अतिक्रमण भयोः मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अहिलेको विश्वव्यापीकरणले संस्कृति, सहित्य र इतिहासहरुमा अतिक्रमण भइराखेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ३५ औं प्रज्ञासभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
मन्त्री भट्टराईले विद्धान प्राज्ञहरुको मेहनेत र कोसिसले देशको इतिहास, संस्कृतिको संरक्षण गर्ने विश्वास समेत व्यक्त गरे । नेपालीपन र नेपाली इतिहासको जगेर्ना गर्ने काममा प्राज्ञहरुको भूमिका महत्वपूर्ण हुने भएकाले यसै क्षेत्रमा कलम चलाउन समेत उनले आग्रह गरे ।
नेपालको भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल कुनैपनि समृद्ध मुलुकहरुको भन्दा कम नभएको पनि मन्त्री भट्टराईले बताए । प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा सोमबार राष्ट्रिय कविता महोत्सव समेत आयोजना गरेको थियो । प्रतिष्ठान स्थापनाको ६२ औं वर्ष पूरा गरी ६३ औं वर्ष प्रवेश गरेको र ३५ औं प्रज्ञासभा आज काठमाडौंमा बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने सुरक्षा समितिको निर्णय
-
भैरहवा सेज चलायमान बन्दै, उत्पादन र निर्यात बढ्दो
-
‘मितज्यू’ मा स्मिता अनुबन्धित
-
ललितपुरको एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’
-
नेपाल राष्ट्र बैङ्कद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस
-
सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता