निक्कीलाई यौन दुर्व्यवहार गर्ने सुशीलमाथि यस्तो कारबाही
क्यालिफोर्निया - यूवा कलाकार निक्की कार्कीलाई यौन उत्पीडनको प्रयास गर्ने सुशील नेपाललाई संस्थाले साधारण सदस्य बाट निष्काशित गरेको छ । गत सेप्टेम्बर २३ तारिखमा अमेरिकाको नर्थ क्यारोलिनामा बसेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा) को चौथो बिशेष आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
उक्त बैठकमा नव निर्वाचित कार्यकारी उपाध्यक्ष सुशील नेपाल स्वयम् उपस्थित भएका थिए । उनलाई संस्थाको बिधानअनुसार साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको छ ।
सेप्टेम्बर २३ तारिख (शनिबार)कै दिन देखि लागु हुने गरि निस्काशन गरिएको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा)का अध्यक्ष माधव ढकाल तथा महा सचिब कृष्ण श्रेष्ठ द्वारा जारी छापा बिज्ञप्तिमा उल्लेख छ ।
नेपालले सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट शहरमा आयोजित नासा अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी निक्की कार्की माथि यौन दुर्व्यहार गरेको आरोप छ ।
यसअघि,
-निक्कीले आफूमाथि यौन दुर्व्यवहारको प्रयास भएको बताएकी थिइन् । एक नेपाली पुरूषले यौन दुर्व्यवहारको प्रयास गरेको उनले भिडियो सन्देशमार्फत बताएकी हुन् ।
-आफूलाई सांस्कृतिक प्रस्तुति गर्न क्यालिफोर्नियाबाट नर्थ क्यारोलिना आउँदा यौन दुर्व्यवहारको प्रयास गरेको कार्कीको गुनासो छ ।
-घटना गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नासा अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको हो । सोही कार्यक्रममा सहभागी हुन जाँदा गायिका कार्की माथि यौन दुर्व्यहारको प्रयास भएको कार्कीले उल्लेख गरेकी छछन् ।
-कार्की आफू पीडित भएको सेप्टेम्बर २१ का दिन सामाजिक सञ्जाल फेसबुकमार्फत बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण