गोदावरीबाट ‘हिँड्दा हिँड्दै’ को सुटिङ सुरु

काठमाडौं । प्रेमकथामा बन्न लागेको फिल्म ‘हिँड्दा हिँड्दै’को सुटिङ सोमबारबाट सुरु भएको छ । गत असोजमा शुभमुर्हत गरिएको फिल्मको पहिलो दिन गोदावरीमा सुटिङ राखिएको प्रस्तुतकर्ता सुशील पंगेनीले जानकारी दिए ।
मिलन आलेमगरको निर्देशन रहेको फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, नव अभिनेत्री रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेललगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्मको लेखन समेत पंगेनीले गरेका हुन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माणाधीन फिल्मको निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ रहेका छन् ।
महादेव शाही सहनिर्माता रहेको फिल्म काठमाडांै र गाईघाटमा खिचिने छ । सुमनकुमार तण्डुकारको छायाँकन रहेको फिल्मका गीतमा किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी रहनेछ । देव महर्जनले द्धन्द्ध निर्देशन रहने फिल्मको सुटिङ अवधि ३५ दिन तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फास्ट ट्र्याकमार्फत उपप्राध्यापक नियुक्त गर्दै त्रिवि, आंशिक प्राध्यापकहरूको विरोध
-
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम