रहेनन् कलाकार घनश्याम गौतम
काठमाडौँ । करिब दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित लोकप्रिय हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ । ‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतमको गए राति १२ः१० बजेको उपचारकै क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको उनको परिवारले जनाएको छ ।
कलाकार गौतमको फेसबुक एकाउन्टबाट मंगलवार राति १ः०५ बजेको समयमा कलाकार गौतमको एउटा तस्बिरसहितको पोस्टमा भनिएको छ, ‘अब हामी माझ रहनु भएन ! हार्दिक श्रद्धाञ्जली ।’
कलाकार गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एउटा प्रतिभाशाली कलाकार गुमाएको छ । कम उमेरमै यो संसारबाट बिदा भएका यी लोकप्रिय कलाकारले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रमहरूमार्फत आफ्ना कलाकारितालाई जारी राखेका थिए ।
दुई वर्षअघि पेटको क्यान्सर पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचार गरे पनि निको नभएपछि उनी भारतको नयाँ दिल्लीसमेत पुगेका थिए । उक्त उपचारपछि थप उपचारका लागि काठमाडौँ फर्किएका कलाकार गौतमको स्वास्थ्यमा सुधार आएपछि केही मनोरञ्जनात्मक गतिविधिहरूमा समेत सहभागी भएका थिए ।
अघिल्लो वर्षको तिहारमा देउसी भैला गीत सार्वजनिक गर्न सफल भएका यी कलाकारको पुनः स्वास्थ्यमा समस्या आएपछि करिब डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए ।
केएमसी अस्पतालमा उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल भएपछि केही दिनअघि उनलाई परिवारले थप उपचारका लागि ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा भर्ना गरेको थियो ।
कलाकार गौतमको पशुपति आर्यघाटमा मंगलवार बिहान ८:३० बजे अन्त्येष्टि गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण