लुम्बिनी प्रदेशमा संसद विघटनविरुद्ध काँग्रेसको प्रदर्शन (फोटोफिचर)
बुटवल । नेपाली काँग्रेसले लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा संसद विघटनविरुद्ध प्रदर्शन गरेको छ । काँग्रेसले रुपन्देहीको भैरहवा ,बुटवल, सालझन्डी, पाल्पाको तानसेन र रामपुर, कपिलवस्तुका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको हो । रुपन्देहीको भैरहवामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको बरु जनताको अधिकारी एकपछि अर्को गर्दे अधिनायकवादी शैलीमा खोसेको आरोप लगाए ।
उनले नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्ने काम भएको दावी गर्दै प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको आरोप समेत लगाए ।
त्यस्तै बुटवलको ट्राफिक चोकमा भएको प्रदर्शनमा नेताहरुले वर्तमान सरकारको कदमको विरोध गरेका थिए । उनीहरुले असंवैधानिक कदमलाई सच्याउन माग समेत गरेका थिए । आज रुपन्देहीका पनि ५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भएको नेपाली काँग्रेस जिल्ला सदस्य बिष्णु पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण