गुगलको यो शानदार ट्रिक्स, तपाईंलाई पनि थाहा नहोला
अहिले धेरैजसो मानिसहरु कुनै कुराबारे थाहा पाउनका लागि गुगलको प्रयोग गर्छन् । तपाईं पनि यस्तै गर्नुहुन्छ होला । यदि तपाईंलाई गुगलको कति ट्रिक्सबारे थाहा छ भनेर सोध्दा तपाईं सायदै यसको जवाफ दिन सक्नुहोला । आज हामी तपाईंलाई गुगलका केही ट्रिक्सबारे जानकारी दिँदै छौं जसबारे धेरै थोरैलाई जानकारी छ ।
Barrel Roll
तपाईंले गुगलमा Barrel Roll लेखेर सर्च गर्नुभयो भने तपाईंको अगाडि धेरै लिंक आउनेछन् । यीमध्ये पहिलो लिङ्कलाई ओपन गर्नुहोस् । यसो गर्दा तपाईंको स्क्रिन ३६० डिग्री घुम्नेछ । यदि तपाईं ... को अगाडि १० लेख्नुहुन्छ भने तपाईंको स्क्रिन १० पटक घुम्नेछ ।
Askew Tilt
गुगलमा Askew Tilt लेखेर सर्च गर्नुहुन्छ भने तपाईंको अगाडि सबै लिङ्क आउनेछ । यीमध्ये पहिलो लिंकलाई ओपन गर्नुहोस् । यहाँ तपाईंको स्क्रिन टेढो हुन्छ ।
Festivus
गुगलमा Festivus लेखेर सर्च गदौ तपाईंको स्क्रिनको बायाँ पट्टी एल्युमिनियम पोल देखिनेछ जुन साधारणतया देखिँदैन ।
Zerg Rush
तपाईंले गुगलमा Zerg Rush लेखेर सर्च गर्दा तपाईंको अगाडि थुप्रै लिङ्क आउनेछन् । यीमध्ये पहिलो लिंकलाई ओपन गर्नुहोस् । यहाँ तपाईंको स्क्रिनमा थुप्रै रङ्गका रिङ्ग माथिबाट तलतर्फ खस्नेछ र बिस्तारै बिस्तारै तपाईंको स्क्रिनमा जे लेखिएको छ, त्यो डिलिट हुनेछ ।
गुगलको नयाँ फिचरः
गुगलले हालै एउटा नयाँ फिचर ल्याएको छ जसको मद्दतले प्रयोगकर्ताले आफ्नो टुडी फोटोलाई थ्रीडीमा कन्भर्ट गर्न सक्छन् । गुगलले सिनेमेटिक फोटोका लागि मेसिन लर्निङ टुलको प्रयोग गरिने बताएको छ जसले फोटोको डेप्थको मापन गरेर कुनै पनि फोटोलाई थ्रीडी बनाउन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिका अन्तिम नामावली तयारी हुँदै
-
लुम्बिनी सरकारले ११ महिनासम्म वार्षिक बजेटको आधा पनि खर्च गर्न सकेन
-
सरकारी जग्गा भोगाधिकारबारे विभागको पत्राचार
-
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल
-
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
-
१५ वर्षअघि किनेको २ करोड डलरको स्पेसएक्सको सेयर २० अर्ब पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण