शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए दक्षिण कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्री सम्मानित

बिहीबार, १६ पुस २०७७, १८ : ४५
बिहीबार, १६ पुस २०७७

गैरआवासिय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्री त्यहाँको न्याय मन्त्रालयबाट सम्मानित भएका छन् । अपराध रोकथाम र स्थानीय समूदायमा युवालाई सही मार्गदर्शन दिन महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्रालयले आज क्षेत्रीलाई सम्मान गरेको हो । 

कोरियाको न्याय मन्त्रालयमा सम्मानित हुने क्षेत्री सम्भवतः पहिलो नेपाली  हुन् । सम्मानित भएपछि प्रतिक्रिया दिँदै क्षेत्रीले कोरियाको दुई दशक लामो बसाईमा एकपछि अर्को सम्मान पाउनु आफू र नेपालीका लागि पनि गौरवको विषय भएको बताए ।

कानुन मन्त्रालयका निर्देशक जङ्गसङले सम्मानपत्र पठाएर क्षेत्रीलाई बधाई र असल कोरियन समाज निर्माणमा सहकार्यको अपेक्षा प्रकट गरे । नेपाली व्यावसायी क्षेत्रीको यो सम्मान कोरियन सरकारबाट पहिलो पटक भने होइन् । दुइ वर्ष अघि पोचान महानगरपालिकाले मानार्थ राजदूतमा नियुक्त गरेर सम्मान गरेको थियो भने सन् २ हजार १३ मा सोल नगरपालिकाले तेक्वान्दो खेलको विकासमा उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो ।

को हुन् राजु क्षेत्री ?

राजु क्षेत्री कोरियन माझ नेपाली व्यावसायीभन्दा तेक्वान्दो खेलाडी, प्रशिक्षक र रेफ्रीबाट अझ बढी परिचित छन् । धेरै समय खेलकुदमा बिताउने क्षेत्री छैठौ डान ब्याल्क बेल्टधारी हुन् । क्षेत्रीले सन् २ हजार १४मा इन्छनमा आयोजित १७ औँ एशियन गेम्समा नेपालको तर्फबाट सहभागिता जनाएका थिए भने त्यसअघि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर स्वर्णसहितका पदक हात पारिसकेका छन् ।

सन् २ हजार ५मा अमेरिकाको टेक्ससमा आयोजित  इन्टरनेशनल च्याम्पिएनशिपमा काश्य पदक हात पारेका क्षेत्रीले सन् २ हजार ८मा कोरियामा आयोजित  कोरिया ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पीयनशिपमा स्वर्ण पदक जितेका थिए ।

यस्तै सन् २ हजार ७, २ हजार ११ र २ हजार १२मा  कोरियामा आयोजित विश्व तेक्वान्दो हानमाडाङ प्रतियोगिता, २ हजार ६मा आयोजित पहिलो विश्व तेक्वान्दो पुम्से प्रतियोगिता, दोस्रो कोरियन खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता र सन् २ हजार ९मा आयोजित पाँचौं खुल्ला तेक्वान्दो प्रतियोगितामा क्षेत्रीले कोचको भूमिका निभाएका थिए ।

खेलकुद गतिविधिमा सक्रिय क्षेत्रीलाई खेल संघसंस्थाले पनि सम्मान गरेको छ । यसैगरी विश्व तेक्वान्दोको प्रधान कार्यालय क्यूक्योन, विश्व तेक्वान्दो महासंघले उनलाई अन्तर्राष्ट्रिय प्रशिक्षक र रेफ्रीका रुपमा मान्यता र सम्मान गरेको छ ।

सहयोगी मनका धनी क्षेत्रीले नेपालको खेलकुद विकासका लागि वर्षेनी दर्जनौं तेक्वान्दो क्लब, एकेडेमीलगायतलाई खेल सामाग्री तथा आर्थिक सहयोग गर्दै आएका छन् । नेपालको महाभुकम्प र खाङवन्दो क्षेत्रमा भिषण आगलागीबाट पिडितलाई आर्थिक संकलन जुटाएर क्षेत्रीले राहत र आर्थिक सहयोग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप