लुटेरा खोज्दा स्कुटर चोर भेटिए
काठमाडौं । मैतिदेवी र पुरानो बानेश्वर बीचमा रहेको सन्दुस सहकारीको कलेक्टरमाथि बुधवार दुई जनाले छुरा हाने । अनि, साथमा रहेको पैसाको झोला लुटेर भागे । चावहिलको सो घटना अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत गौशालाको टोलीलाई अर्को सफलता हात लागेको छ । प्रहरीले सहकारीका कलेक्टर प्रेम गजमेरलाई छुरा हान्नेलाई भोलिपल्ट पक्राउ गरे । उनीहरुसँगै थप ३ जना स्कुटर र मोटरसाइकल चोरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
स्कुटर र मोटरसाईकल चोरीमा संलग्न कमलाक्षी घर भएका २९ वर्षीय रोहन शाही नेपाली, जुम्लाका हरि शर्मा र काठमाडौंको नरदेवी घर भएका २२ वर्षीय अभय तुलाधरलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरुबाट चोरी गरेको ३ वटा स्कुटर र एउटा मोटरसाईकल प्रहरीले बरामद गरेको छ । उनिहरुमाथि चोरी मुद्धामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।

विगतमा सो समूह गुडिरहेको गाडीबाट चुरोट, कपडा र टिभी चोरेर बिक्री गरेको आरोपमा पटक–पटक थुनामा परेको थियो । अहिले उनीहरु मोटरसाईकल चोरी र लुटपाटमा लागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पुस १५ मा चावलिह ए–वान क्याफे नजिकै २५ वर्षीय प्रेम गजमेरलाई लुट्ने नरदेवी घर भएका अमित तुलाधर र रोहित शाहीलाई गौशाला प्रहरीले डाँका र ज्यानमार्ने उद्योगमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
बा.५९प २९५६ नम्बरको डिओ स्कुटरमा गएका अमित र रोहितले गजमेरलाई छुरा हानेर १ लाख ६६ हजार ९ सय रुपैयाँ लुटेको प्रहरीलाई बताएका छन् । गजमेरले आफ्नो २ लाख रकम लुटिएको दाबी गरेका छन् । महाराजगञ्ज स्थित अमितको कोठाबाठ प्रहरीले २६ हजार नगद र घटनामा प्रयोग भएको दुईवटा रामपुरी चक्कु बरामद गरेको छ । आरोपीको कोठामा सन्दुस सहकारीको कागजात पनि फेला परेको डिएसपी बस्नेतले बताए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
