प्रचण्ड र माधव सरकार विरोधी गतिविधिमा लागेः उपप्रधानमन्त्री पोखरेल
जनकपुर । काम चलाउ सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता नै अहिलेको आवश्यकता रहेको बताएका छन् । मंगलबार जनकपुरमा नेकपा ओली समूहद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली उनले सो कुरा बताएका हुन् । सो समूहका स्थायी समिति सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले पार्टी एकता विरुद्ध जानेहरुको अन्त्य सुनिश्चित रहेको बताए ।
उनले पार्टी एकता भएको ३ वर्ष नवित्दै आफ्नै अध्यक्षविरुद्ध पार्टी भित्रैबाट एकता विरोधी गतिविधि भएको गुनासो गरे । उनले अझै पार्टी एकता जोगाउन सकिने बताउँदै भने– ‘म एकताको पक्षमा दृढ छु ।’ उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव नेपाल सरकार र पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाए ।
उनले भने– ‘ प्रचण्ड–माधवहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्नका लागि सरकार र पार्टी विरोधी हर्कतमा अन्तिम समयसम्म पनि लागि परे ।’ उनले अब पार्टी नयाँ ढंगले निर्माण हुने बताए । कार्यक्रममा पूर्वमन्त्री तथा सो समूहका स्थायी समिति सदस्य रघुवीर महासेठले जनकपुरको तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय कब्जा गर्न खोज्नेको कडा आलोचना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण