दशैंका लागि गाँउ जानेको लर्को, १८ तस्बिरमा हेर्नुहोस्
काठमाडौं–चाडवाडसगैं राजधानी छोड्ने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ । दशैंका लागि उपत्यकाबाट बाहिरिनेहरुको संख्या २० लाख पुग्ने उपत्यका ट्राफिकको नाका कार्यालयहरुले जनाएका छन् ।
नागढुङा नाकाबाट दैनिक ९ सय यात्रुवाहक वसहरु वाहिरिने गरेको नागढुङा इकाईका ट्राफिक प्रमुख अनुप राउतले जानकारी गराए । यात्रुवाहक वसहरुको चाप भएको समय २४ घण्टामा १२ सय गाडीहरु बाहिरिने गरेको उनले बताए । औसत दैनिक ३५ हजार बढिले उपत्यका छोड्ने गरेका छन् । एक दिनमा नागढुङा नाका भएर सवैप्रकारका गरि ४५ सय सवारीसाधनहरु गुड्ने गरेको फांटवाला प्रहरी जवान नवराज घिमिरेले जानकारी गराए ।
कोटेश्वर हुदैं बाहिरिनेहरुको सख्यामा हिजो र आज उल्लेख्य वृद्धि आएको कोटेश्वर प्रहरी निरीक्षक मनोज शाहीले जानकारी गराए ।
अधिकांश उपत्यकबाट सर्वसाधारण वाहिरिए पछि सडक,व्यापारिक मल तथा पसलहरुमा मानिसहरुको संख्या कमि हुदैं गएको छ ।
गतवर्ष बैंकहरुले लगानी नगरेपछि नयाँ गाडीहरु अत्यन्तै कम थपिएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव