रेडियो क्यानाडाले एकता दिवसमा भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने
शुक्रबार, २४ पुस २०७७, २२ : ३८

काठमाडौं । २ सय ९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रेडियो क्यानाडाले भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । आगामी पुस २६ अर्थात् जनवरी १० तारिखका दिन नेपाली समय अनुसार साँझ ८ बजेर ४५ देखि १० बजेर ४५ मिनेटसम्म भर्चुअल अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।
यो कार्यक्रम अमेरिकी पूर्वीय समयअनुसार विहानको १० देखि १२ बजेसम्म आयोजना हुने जनाइएको छ । रोशन बस्नेत तथा रविमानसिङ्ग बस्नेतले आयोजना गर्नु हुने उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले राष्ट्र निर्माता पृथ्वीनारायण साहको योगदानको बारेमा चर्चा गर्ने आयोजक पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण