आमाको प्रेमीबारे यसो भन्छिन् सुस्मिता सेनकी छोरी रिना
नायिका रिनी सेनले आफ्नी आमा सुष्मिता सेनका प्रेमी रोहमन शलबारे कुरा गरेकी छिन् । रिनी सेनले आमाका प्रेमीको तारिफ गरेकी छिन् । रिनी सेन सुष्मिताकी जेठी छनेरी हुन् । उनलाई सुष्मिताले सन् २००० मा धर्मपुत्रीको रुपमा स्विकार गरेकी थिइन् ।
सुष्मिताले पछिल्ला केही वर्षदेखि मोडल रोहमनलाई डेट गर्न सुरु गरेकी छिन् । हाल उनी सुष्मिताको परिवारको महत्वपूर्ण हिस्सा हुन् ।
रोहमनबारे कुरा गर्दै रिनी सेनले द क्विंटलाई दिएको अन्तर्वार्तामा भनिन्, ‘हामी सबै चारजना परिवारका हिस्सा हौं । हाल उनी हाम्रो जीवनको हिस्सा हुन् र हामी उनलाई असाध्यै माया गर्छौं । हामी उनीबारे र उनको परिवार र कल्चरबारे धेरै कुरा सिकिरहेका छौं ।’
रिनीका अनुसार रोहमन धेरै बोल्ने व्यक्ति होइनन् तर यदि उनले आफ्नो बारे केही भनिदिँदा मात्रै पनि त्यो उनको लागि महत्वपूर्ण हुने बताएकी छिन् । उनले भनिन्, ‘उनी कम बोल्ने व्यक्ति हुन् तर यदि उनले मैले राम्रो गरिरहेकी छु भने भने त्यो मेरो लागि असाध्यै महत्वपूर्ण हुनेछ ।
रोहमनलाई रोहमन अंकल भन्दै रिनीले भनिन्, ‘उनले मेरो सर्टफिल्म सट्टाबाजीको ट्रेलर हेरे र उनलाई ममा गर्व भएको बताए ।’
हिन्दुस्तान टाइम्स ब्रन्चसँग कुरा गर्दै रिनीले आफ्नो डेब्यूको विषयमा सुष्मिता सेनको प्रतिक्रियाबारे पनि बताइन् । उनले भनिन्, ‘मेरो फिल्म हेरेपछि उनको आँखामा आँसु आएको थियो । उनी असाध्यै भावुक थिइन् ।’
रिनीले भनिन्, ‘मलाई लाग्यो कि उनी थोरै रोइरहेकी थिइन् । उनले कुनै पनि विषयलाई सूक्ष्म ढङ्गले केलाउँछिन् । यस्तोमा यदि उनले ‘तिमीले राम्रो काम गरेकी छौ’ भनेको खण्डमा मले साँच्चै नै केही राम्रो काम गरेको हुनुपर्छ । उनले ‘तिमीलाई थाहा छ कि तिमीले साँच्चै नै निकै राम्रो काम गरेकी छौ’ भनिन् । रोहमन अंकलले पनि ‘मलाई तिमीमा गर्व छ’ भने ।’
सट्टाबाजीमा भूमिका पाएको बारे रिनीले भनिन्, ‘यो सबै अचानक नै भएको थियो । यसका निर्देशक कबिर खुराना स्कूल टाइमदेखि नै मेरा साथी थिए । मैले उनलाई यत्तिकै मेरो अभिनयमा रुची छ भनेकी थिएँ । त्यसपछि सेप्टेम्बरमा उनले मलाई स्क्रिप्त पठाए र मैले यसका लागि अडिशन दिनुपर्ने बताए । मैले स्क्रिप्ट पढेँ र मलाई राम्रो लाग्यो । त्यसपछि मैले त्यो आफ्नी आमालाई देखाएँ र उनले पनि यसमा अघि बढ्न सल्लाह दिइन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण