ब्रिटिस कलेजका विद्यार्थीलाई बेलायतमा ‘वर्किङ भिसा’को अवसर
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुले बेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातक तह पास गर्ने नयाँ विद्यार्थीहरुलाई बेलायतमा वर्किङ भिसाको अवसर दिइने भएको हो ।
कोरोना महामारीको कारण हाल अन्तर्राष्ट्रिय उडानहरु तथा ट्राभल प्रभावित भइरहेको बेला ब्रिटिस कलेजमा हाल स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुले यो सुविधा प्राप्त गर्ने भएका हुन् । विद्यार्थीहरुले नेपालमा एकदेखि दुई वर्षसम्म अध्ययन गरेपछि बेलायत स्थानान्तरणको सुविधा प्राप्त गर्ने कलेजले बताएको छ ।
बेलायत सरकारले विश्वभरीका प्रतिभावान् विद्यार्थीहरुलाई भित्र्याउने योजना अन्तर्गत स्नातकतहको पढाई गरिरहेकाहरुको लागि विशेष योजना ल्याएको हो ।
जसअन्तर्गत नेपालबाट ब्रिटिस कलेजमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुले पनि सहजै बेलायत स्थानान्तरण गर्न सक्नेछन् । हाल ब्रिटिस कलेज बेलायतको प्रख्यात मध्येको दुई विश्वविद्यालयहरु ‘द युनिभर्सिटीअफ वेष्टइंग्ल्याण्ड (युडब्लुई) तथा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु)को सम्बन्धनमा नेपालमा संचालन भइरहेको छ ।
युडब्लुई तथा एलबीयुबाट स्नातक तह पास गरेपछि ब्रिटिस कलेजले स्नातकोत्तर तहको लागि स्थानान्तरण गर्ने र यससँगै विद्यार्थीले दुई वर्षसम्मको लागि वर्किङ भिसाको अनुमति पनि प्राप्त गर्नेछन् । दुई वर्षसम्मको अवधिमा विद्यार्थीहरुले स्थायी काम पाएको खण्डमा उनीहरुले वर्किङ भिसाको अवधि पनि बढाउन सक्नेछन् । यदी वर्किङ भिसामा विद्यार्थीहरुले ५ वर्षसम्म काम गरेको खण्डमा स्थायी रुपमा बसोबास गर्ने अनुमति (आईएलआर) प्राप्त गर्नेछन् ।

कोरोना महामारी फैलिइहेको बेला परिवार तथा स्वास्थ्यको ख्याल राख्दै शिक्षाबारे सहीनिर्णय लिने समय यही भएको भन्दै कलेजले हालको समयमा पनि गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताएकोे छ । कोरोना महामारीकै कारण हाल बेलायत लगायत विश्वका अधिकांश देशमा रोजगारीको अवसर निकै कम भएको अवस्थामा केही वर्ष नेपालमा नै अध्ययन गरेर पुनः रोजगारीको पर्याप्त अवसर भएपछि विदेश जानु उत्तम हुने कलेजको विश्वास छ ।
आफ्नो भविष्यको लागि सही निर्णय लिने समय यही भएको र परिवारसँगै बसेर विश्वस्तरिय शिक्षा, बेलायतको विश्वविद्यालयको डिग्री साथै बेलायमा नै काम गर्ने अवसर प्राप्त हुने हुँदा ब्रिटिस कलेज नै विद्यार्थीहरुको लागि उत्तम विकल्प भएको कलेजले बताएको छ ।
कलेजले बीबीए (हन्स), बीएस्सी (हन्स) कम्प्युटिङ एण्डबी एस्सी (हन्स) तथा हस्पिटालिटी विजनेश म्यानेजमेन्ट (बीएचएम) अध्ययन गर्ने विद्यार्थीहरुले यो अवसर प्राप्त गर्ने कलेजको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण