अर्जेन्टिनामा शक्तिशाली भूकम्प
ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त क्षेत्रमा कुनै क्षति भए नभएको बारेमा केही थाहा भइनसकेको प्रहरीले जनाएको छ ।
भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको थियो । यो भूकम्प जमिनको सतहबाट करिब २० किलोमिटर गहिराईमा गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्र सान जुआन प्रान्तको पोसिटी नगर क्षेत्र नजिक रहेको थियो । यो ठाउँ अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट करिब एक हजार किलोमिटर टाढा छ ।
भूकम्पका कारण सान जुआन प्रान्तका कतिपय शहर बजारमा केहीबेर विद्युत आपूर्ति बन्द भएको थियो । भूकम्पको धक्का मेन्डोजा, कोर्डोबा, सान्ता फे, ला रियोजो र ब्युनस आयर्स प्रान्तमा पनि महशुस गरिएको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण