ओलीसँग अब साइबर सेनामात्र बाँकी छ : घनश्याम भुषाल
काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय नसच्चाए जनताले चाँडै इतिहासको कठ्घरामा उभ्याउने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभा विघटनको प्रतिगामी कदमविरुद्ध काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता भुषालले नेकपा आज आफ्नै पार्टीका अध्यक्षविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको बताए । उनले प्रतिगामी कदम सच्चाउन अझै समय रहेको भन्दै सोच्न आग्रह पनि गरे ।
‘यो उपस्थितिलाई साक्षी राखेर म कमरेड ओलीलाई भन्छु– तपाईं गलत हुनुहुन्छ । समय हुँदै सोच्नुस् । यदि तपाईंले सोच्नुभएन भने इतिहासको कठघरामा पुर्याइनेछ’, भुषालको भनाइ थियो ।
उनले पार्टी र सरकारमा अल्पमतमा परेपछि ओलीले संसद विघटन गरेको भन्दै चुनाव गर्ने भन्नु ‘भएको छोरो मार्नु’ सरह भएको बताए । उनले चुनावको बहकाउमा लागे ठूलो गल्ती हुने र ओलीको षड्यन्त्र पराजीत गरेरै छोड्ने बताए । ‘ओलीको चलखेल, षड्यन्त्र, जालझेल पुरा गर्न दिइने छैन’, भुषालको भनाइ छ ।
अहिले ओलीसँग साइवर सेना र सेटिङ मात्रै रहेको भन्दै बाँकी शक्ति आन्दोलनको पक्षमा रहेको बताए । उनले सेटिङका कारण अदालतले आफ्नो पक्षमा निर्णय गर्छ भन्ने नसोच्न ओलीलाई आग्रह पनि गरे । ‘आजको अदालत लोकतन्त्र र संविधानको विपक्षमा जान्छ भन्ने हामी सोच्दैनौँ,’ भुषालको भनाइ छ । उनले प्रधानमन्त्री ओलीलाई घुँडा टेकाएरै छाड्ने र अबको नेकपाले ओली जस्ता नेता नजन्माउने दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण