भारत–चीनबीच पुनः झडप, २० चिनियाँ सैनिक र भारतका चार जवान घाइते
भारतीय र चिनियाँ सैनिकबीच पुनः झडप भएको छ । भारतीय सेनाले २० जनवरीमा सिक्किमा दुई देशका सेना आमने सामने भएको पुष्टि गरेको छ । दुई सेनाका कमान्डरले निश्चित प्रोटोकलअनुसार विवाद सुल्झाइसकेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
भारतीय मिडियाका अनुसार चिनियाँ सेना एक्चुअल लाइन अफ कन्ट्रोल (एलएसी) मा घुसपैठ गर्ने कोसिस गरेको थियो । भारतीय जवानले रोक्दा चिनियाँ सैनिकले हातपात गर्न सुरु गरेको समाचारमा जनाइएको छ । झडपमा चीनका २० सैनिक घाइते भएका छन् भने भारतका पनि चार जवान पनि घाइते भएका छन् । यद्यपि, भारतीय सेनाले घाइतेको कुनै जानकारी भने दिएको छैन ।
दुई देशबीच १५ घण्टासम्म बैठक चल्योः
यो तनाव कम गर्नका लागि पूर्वी लद्दाखको मोल्डोमा भारत र चीनका सैन्य अधिकारीबीच आइतबार ९ औं चरणको कुराकानी भयो । करिब १५ घण्टासम्म चलेको यो बैठकको निष्कर्ष हालसम्म सार्वजनिक भइसकेको छैन । तर भारतले एलएसीमा तनाव कम गर्न अपिल भने गरेको छ ।
एलएसीमा पछिल्लो थुप्रै महिनादेखि तनावको स्थिति छ । १५ जूनमा पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ सैनिक र भारतीय जवानबीच हिंस्रक झडप भएको थियो । यतिबेला २० भारतीय सैनिकको मृत्यु भएको थियो । झडपमा कति चिनियाँ सैनिक मारिएका थिए भनेर आधिकारिक जानकारी हालसम्म प्रकाशित भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उथलपुथलकाे चौथो शृङ्खलामा अमेरिकी स्वतन्त्रता सङ्ग्राम
-
पार्टी रुपान्तरण जरुरी छ : कांग्रेस उपसभापति खड्का
-
सरकारले अब सबैखाले विपद्बाट क्षति भएका घरको पुनर्निर्माण गर्न अनुदान दिने
-
दैलेखमा चट्याङ पर्दा ३ जना विद्यार्थी घाइते
-
सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति
-
रविलाई दिइएको ‘क्लिन चिट’ विवादमा, महान्यायाधिवक्तामाथि मुद्दा चल्ने खतरा !