चुच्चे नक्सा जारी भएपछि ओलीलाई हटाउने अभियान चलेको होः कृषि मन्त्री अर्याल

काभ्रे। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी आर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भूभाग समेटेर चुच्चे नक्सा जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको बताएकी छिन् । अखिल नेपाल महिला संघ काभ्रेले बिहिवार बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने प्रयासमा भएको दावी गरिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछि केपी ओलीलाई नफाली नहुने गरी खेल शुुरु भएको दावी गर्दै उनले ‘पहिलोपटक नाकाबन्दीको विरुद्धमा उभिदा र दोस्रोपटक चुच्चे नक्सा ल्याएपछि केपी ओलीलाई हटाउन लागेको दावी गरिन् ।
प्रधानमन्त्री ओली राजनेता बन्ने भयो भनेर नै उनका विरुद्ध विभिन्न आरोप लगाएर सत्ताबाट फाल्ने ढंगले अगाडी बढेको बताउँदै उनले आगामी वैशाखमा हुने निर्वाचन कसैले नसोचेको जस्तो निर्वाचनको परिणाम आउने दावी गरिन् । उनले यो निर्वाचनबाट फेरि पनि केपी ओली नेतृत्वको पार्टीले जित्ने पनि दावी गरिन् । आगामी वैशाखमा निर्वाचन हुने निश्चित रहेको बताउँदै उनले यो निर्वाचनबाट फेरि केपी ओलीले नेतृत्व गरेको पार्टीले नै बहुमत ल्याउने दावी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
युद्धमा गोली मात्रै चल्दैन, सूचना युद्ध पनि चल्छ
-
लुम्बिनी प्रदेशमा जलाधार क्षेत्र संरक्षण विधेयक आउँछ : सभामुख घर्तिमगर
-
रातोपाटीकर्मी शाही सम्मानित
-
हावाहुरीका कारण फेवातालमा पल्टिएको डुङ्गामा सवार सबैको उद्धार, एक जनाको उपचार हुँदै
-
तीनकुने घटना : मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिन म्याद थप