हलिउड डेब्यूका लागि तयार अञ्जली लामाः ‘वुमेन स्टोरिज’ मा निभाउनेछिन् विशेष भूमिका
नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छिन् । ६ भागमा बाँडिएको यो फिल्मका निर्देशन संसारभरीका विभिन्न महिला निर्देशकले गर्नेछन् । यो फिल्ममा कलाकारदेखि निर्देशक सबै महिला मात्रै हुनेछन् ।
डेडलाइनको एक रिपोर्ट अनुसार अञ्जली लामा, बलिउड नायिका ज्याकलिन फर्नान्डिससँग फिल्म निर्माता लिना यादवद्वारा बनाइएको एक भागमा देखिनेछन् जसको टाइटल हुनेछ ‘शेयरिङ अ राइड’ ।
स्मरण रहोस्, लिना यादवले पार्च्ड, शब्द र तीन पत्तीजस्ता सफल फिल्ममा निर्देशन गरिसकेकी छिन् । लर्वोलिनो इन्टरटेन्मेन्टको सह निर्माण र गैर नाफामूलक निर्माण कम्पनी वि डु इट टुगेदरले बनाएको यो प्रोजेक्टमा फिल्मनिर्माता मरिया सोल टोंगान्जी, लुसिया पुएन्जो र क्याथरिन हार्डविक सँगै काम गर्नेछन् । यो फिल्मले महिलाको जीवनका विभिन्न पाटोलाई देखाउने कोसिस गर्नेछ ।
डेडलाइनद्वारा जारी गरिएको एक बयानमा वि डु इट टुगेदरकी संस्थापक चियारा टिलेसीले भनिन्, ‘वि डू इट टुगेदरमा हाम्रो उद्देश्य मिडिया र फिल्ममा महिलाको छवि परिवर्तन गरेर एक अब्जेक्टको साटो सब्जेक्ट बनाउनु हो ।’
निर्मातादेखि कलाकार सबै महिलाः
उनले भनिन्, ‘हामी महिलाको कहानी सुनाउनेतर्फ काम गरिरहेका छौं, क्यामराको अगाडि र क्यामराको पछाडि पनि । त्यसैले पनि महिलाको कहानी हाम्रो लागि यति धेरै महत्वपूर्ण छ । हामीले संसारभरीका थुप्रै महिला निर्देशकलाई एक साथ ल्याएका छौं जसले एउटा समूह भएर नीजि कहानीलाई आफ्नो दृष्टिकोणले संसारलाई सुनाउनेछन् । हामी यी अभिनेत्री–मोडलदेखि उनीहरुको प्रेरणासम्म र स्वास्थ्यकर्मीदेखि उनीहरुको आमासम्मका सब कहानी सुनाउनेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
-
हात्तीपाइले रोग लगाउने परजीविबारे अध्ययन सुरु
-
कोशी प्रदेशमा बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको दौडधुप
-
अनुमति बिना स्टिकरको प्रयोग निषेध
-
हुम्लामा सहुलियतको चामल बिक्री सुरु
-
कोल्हवी नगरपालिकाको अनुदान कटौती भएपछि कैयौँ योजना अलपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण